मिलिजुली साकोसले आपतमा ५० हजारसम्म ऋण दिने

मिलिजुली साकोसले आपतमा ५० हजारसम्म ऋण दिने :: Sahakari Akhabar

दोलखा । चरिकोटमा रहेको मिलिजुली बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको अवस्थामा सदस्यलाई आपत्मा ५० हजारसम्म ऋण उपलब्ध गराउने जनाएको छ ।

संस्थाले सदस्यको बचतले नपुग भएमा आपतकालिन कर्जा उपलब्ध गराउने जनाएको हो । साथै दैनिक दुई घण्टा कार्यालय खोली सदस्यलाई सेवा दिइरहेकोले विहान ११ बजे देखि दिउँसो १ बजेसम्म कार्यालय खोलरे सेवा दिइरहेको संस्थाका प्रवन्धक इश्वर न्यौपानेले बताए ।

उनले उक्त अवधिमा संस्थाले सदस्यहरुलाई आवश्यक पर्ने खाद्यायान्न तथा औषधी उपचारकालागि आश्यक रकम झिक्न तथा सानो कर्जाको कारोबार गर्न सकिने जनाए ।

साथै सदस्यले उक्त अवधिमा बचत तथा कर्जाको किस्ता बुझाएमा लाग्ने हर्जाना छुट दिने जनाएको छ । कार्यालय खोलेको अवधि बाहेकमा सदस्यलाई रकम राख्न र झिक्न वा रेमिटेन्स सेवा लिन परे संस्थाले तोकेको सम्पर्क ब्यक्ती मार्फत साथै संस्थाको मोबाइल बैंकिङ एप्स मार्फत घरमै बसेर सेवा लिन सकिने पनि प्रवन्धक न्यौपानेले जानकारी दिए ।
 



Leave a comment