चरिकोट । मिलिजुली बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको अवस्थामा दैनिक दुई घण्टा कार्यालय खोली सदस्यलाई सेवा दिने भएको छ । संस्थाले बैशाख ३ गते देखि बिदाको दिन बाहेक दैनिक विहान ११ बजे देखि दिउँसो १ बजेसम्म कार्यालय खोलरे सेवा दिने सूचना प्रकाशन गरी जानकारी दिएकोे छ ।
उक्त अवधिमा संस्थाले सदस्यहरुलाई आवश्यक पर्ने खाद्यायान्न तथा औषधी उपचारकालागि आश्यक रकम झिक्न तथा सानो कर्जाको कारोबार गर्न सकिने जनाएको छ । साथै सदस्यले उक्त अवधिमा बचत तथा कर्जाको किस्ता बुझाएमा लाग्ने हर्जाना छुट दिने जनाएको छ । कार्यालय खोलेको अवधि बाहेकमा सदस्यलाई रकम राख्न र झिक्न वा अन्य सेवा लिन परे संस्थाले तोकेको सम्पर्क ब्यक्ती मार्फत साथै संस्थाको मोबाइल बैंकिङ एप्स मार्फत घरमै बसेर सेवा लिन सकिने संस्थाका प्रमुख कार्यकारी अधिकृत, इश्वर न्यौपानेले जानकारी दिए ।
Leave a comment