काठमाण्डौ । न्युरोडमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारीले मानव सेवा आश्रम तथा बाल अनाथालयलाई खाद्यान्न सहयोग गरेको छ ।
संस्थाले बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १ मा रहेको मानव सेवा आश्रम (बृद्ध बृद्धा) आश्रमलाई चामल १२ बोरा, दाल १ बोरा, चना १ बोरा, राजमा १ बोरा लगाएत खाध्यान्न आश्रमकी ब्यवस्थापक नविना सिटौलालाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा वडा नम्वर १ का अध्यक्ष सुरेन्द्र तामाङ, महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक भुपेन्द्र गीरि र संस्थाका अध्यक्ष निरहरी पसाद उपाध्याय, कोषाध्यक्ष जीवनराज ओझा तथा संचालक अर्जुन बिश्वकर्माको उपस्थिती रहेको थियो ।
यसै गरी ललितपुरको भैंसेपाटीमा रहेको बाल अनाथलयलाई १० बोरा चामल, १ बोरा दाल, २ कार्टुन तेल, १ बोरा सोयाविन लगायत खाघ्यान्न सामाग्रीहरु संस्थाका सचिब नरेन्द्र विष्ट, संचालक दिपेन्द्र कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्ले र गोगबु सेवा केन्द्रका कर्जा अधिकृत ज्ञानेन्द्र जोशीको उपस्थितीमा बाल अनाथलयका संचालक विशाल टमटा लाई हस्तान्तरण गरेका थिए ।
Leave a comment