ललितपुर । महालक्ष्मी नगरपालिका ९ नम्वर वडाका ९ वटा सहकारीले १३५ जनाबाट रगत संकलन गरेका छन् । विश्वमा ब्याप्त कोरोना भाईरसको संक्रमणका कारण देश पूर्ण लकडाउनको अवस्थामा रहेकाले अस्पतालहरूमा रगतको अभाव कम गर्न ससहकारी संस्थाहरुले विभिन्न सामाजिक संस्थाहरुको सहयोगमा रक्तदान कार्यक्रम गरेका थिए ।
महालक्ष्मी नगरपालिका वडा नं.९ स्तरिय विपद् ब्यवस्थापन समिती, नेपाल रेडक्रस सोसाईटी लामाटार उपशाखा, लायन्स क्लव अफ काठमाण्डौ, कोअपरेटर ग्रुप र महालक्ष्मी नगरपालिका वडा नं. ९ मा सञ्चालित सहकारी संस्थाहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको कार्यक्रम संयोजक तथा सहकारीकर्मी शशिधर पोखरेलले बताए ।
कार्यक्रममा १३५ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम लामाटार कृषि बहुउद्देश्यीय सहकारी, सिद्धिविनायक कृषि बहुउद्देश्यीय सहकारी, ब्रम्हपुरी बचत तथा ऋण सहकारी, जवाफदेही बचत तथा ऋण सहकारी, कुशल कृषि सहकारी, बहुपक्षिय कृषि सहकारी, विकाशसिल बचत तथा ऋण सहकारी, बासुकी महिला विकास बहुउद्देश्यीय सहकारी र मिलिजुली दुग्ध सहकारी संस्थाले सहयोग गरेको संयोजक पोखरेलले जानकारी दिए ।
Leave a comment