हाइलाइट

जेष्ट साकोसले सातामा दुई दिन कार्यालयबाट सेवा दिने

जेष्ट साकोसले सातामा दुई दिन कार्यालयबाट सेवा दिने :: Sahakari Akhabar


काठमाडौं । गोंगवुमा मुख्य कार्यालय रहेको जेष्ट बचत तथा ऋण सहकारीले सदस्यलाई सातामा दुई दिन कार्यालय खोली सेवा दिने जनाएको छ ।

संस्थाले साताको आइतबार र बुधबार बिहान ११ बजे देखि दिउँसो साँढे १ बजे सम्म सेवा मुख्य कार्यालयबाट सेवा दिने जनाएको छ । साथै अन्य समयमा संस्थाले तोकेको सम्पर्क ब्यक्ती मार्फत सेवा लिन सूचना जारी गरेको छ ।

संस्थाले उक्त समयमा सदस्यलाई आपतकालिन अवस्थामा अति आवश्यक खाद्यान्न तथा अपभोग्य सामान खरिद र औषधी उपचार खर्च रकम अभाव भएमा सिमित बचत भुक्तानी गर्ने संस्थाले जनाएको छ ।

देश बन्दा बन्दीको अवस्थामा रहेकोले सदस्यहरुलाई पर्नसक्ने समस्यालाई मध्यनजर गरेर साताको दुई दुई दिन भएपनि सेवा दिने निणर्य गरेको संस्थाले जनाएको हो । 
 



Leave a comment