हाइलाइट

विपत कोषमा सहकाली साकोसको पचपन्न हजार सहयोग

विपत कोषमा सहकाली साकोसको पचपन्न हजार सहयोग :: Sahakari Akhabar

काठमाडौं । काँडाघारीमा रहेको सहकाली बचत तथा ऋण सहकारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा ५५ हजार सहयोग गरेको छ । संस्थाले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९ लाई ५५ हजार ५ सय ५५ रुपैंया  सहयोग गर्ने निणर्य गरेको जानकारी दिएको छ ।

विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्था रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने लगाएतका विपन्न वर्गलाई राहत पुगोस् भन्ने उदेश्यले स्थापना भएको विपत व्यवस्थापन कोषमा संस्थाले उक्त रकम सहयोग गर्ने निणर्य गरेको संस्थाका अध्यक्ष राधेश्याम खड्काले बताए । साथै संस्थाले कार्यालयबाट कारोबार गर्ने समयको हेरफेर गरेको छ ।

 



Leave a comment