काठमाडौं । थानकोटमा रहेको देवदर्शन बचत तथा ऋण सहकारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा एकलाख सहयोग गरेको छ ।
संस्थाले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई संस्थाका अध्यक्ष रामनारायण घिमिरेले रकम हस्तान्तरण गरेका हुन् । नगर प्रमुख गिरीले विपतमा सबैको साथ र सहकार्य आवश्यक रहेको बताए । ‘लकडाउन’का कारण समस्यामा पर्ने नगरबासीलाई पारदर्शी रूपमा उक्त रकम खर्च गरिने उनले बताउए ।
स्थानीय सरकारको प्रतिनिधि, स्थानीय जनसेवकलगायत सबैले विपद्को समयमा आफूले सक्ने सहयोग गर्नुपर्ने उनको भनाइ थियो । “पहिले भूकम्प र अहिले लकडाउन भनेकै एकले अर्कालाई सहयोग गर्नुपर्ने समय हो”, उनले भने ।
संस्थाका अध्यक्ष घिमिरेलले विपत्तिमा परेका समुदायलाई सबैको थोपाथोपा सहयोगले उद्धार हुने बताए, उनले भने “सबै सहकारी अभियन्ताले यस्तो अभियानमा साथ र सहयोग गर्न खाँचो छ”, । समाज रूपान्तरणका लागि हरेक वर्ष सीप विकास, लघुवित्त सामाजिक विकासलगायत जनमुखी र प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्थाले जनाएको छ ।
Leave a comment