हाइलाइट

सदस्यले सम्पर्क व्यक्तीमार्फत सेवा लिन पाँचतारा साकोसको अनुरोध 

सदस्यले सम्पर्क व्यक्तीमार्फत सेवा लिन पाँचतारा साकोसको अनुरोध  :: Sahakari Akhabar

काठमाडौं । पुरानो सिनामंगलमा रहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको समयमा सम्पर्क व्यक्तीमार्फत सेवालिन अनुरोध गरेको छ ।

संस्थाले दैनिक जीवनयापनका लागि रकम अभाव भएको अवस्थामा सदस्यहरुलाई बचत भुक्तानी दिने जनाएको हो । साथै सम्पर्क व्यक्ति मार्फत सदस्यले आफुसंग भएको रकम संस्थामा बचत गर्न र ऋणको ब्याज तथा साँवा समेत भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

संस्थाका व्यवस्थापक राधा कडरियाले लकडाउनको समयमा समेत संस्था आन्तरिकरुपमा सक्रिय रहेको बताइन् । उनले सदस्यहरुलाई आवश्यक जानकारी तथा सेवाका लागि ९८४१४७५६४२ मा सम्पर्क गर्न आग्रह गरेकी छन् ।
 



Leave a comment