हाइलाइट

रोयल सहकारीले दैनिक दुई घण्टा कार्यालयबाट सेवा दिने

रोयल सहकारीले दैनिक दुई घण्टा कार्यालयबाट सेवा दिने :: Sahakari Akhabar

काठमाडौं । बसुन्धरामा रहेको रोयल बहुउद्देश्यीय सहकारीले सदस्यलाई दैनिक दुई घण्टा कार्यालय खोली सेवा दिने जनाएको छ । संस्थाले ०७७ साल बैशाख ३ गते सम्म दैनिक विहान साँढे १० बजे देखि दिउँसो साँढे १२ बजे सम्म सेवा दिने र अन्य समयमा संस्थाले तोकेको सम्पर्क ब्यक्ती मार्फत सेवा लिन सूचना जारी गरेको छ ।

संस्थाले उक्त समयमा बचत भुक्तानी, ऋण भुक्तानी बचत जम्मा तथा रेमिटेन्स सेवा उपलब्ध गराउने संस्थाका प्रवन्ध संचालक सिताराम काफ्लेले जानकारी दिए । साथै संस्थाले सदस्यहरुलाई डिजिटल प्रविधिका लागि रोयल स्मार्ट बैंकिङ सेवा प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
 



Leave a comment