काठमाडौं । सहकाली बचत तथा ऋण सहकारीले सातामा चार दिन कार्यालय खोली सदस्यलाई सेवा दिने भएको छ । संस्थाले साताको चार दिन, आइतबार, मंगलबार, बुधबार र शुक्रबार विहान साँढे सात बजे देखि साढे नौ बजे सम्म सेवा दिने जनाएको छ ।
संस्थाले ०७७ साल बैशाख ३ गते सम्म उक्त समयमा प्रति दिन प्रति व्यक्ती एक लाख सम्म बचत भुक्तानी दिने निर्णय भएको संस्थाका प्रवन्धक बालकुमार बास्तोलाले बताए । साथै ऋणी सदस्यले चैत्र मसान्त सम्म ऋणको किस्ता तथा ब्याज बुझाए ब्याजमा दश प्रतिशत छुट दिने निर्णय भएको प्रवन्धक बास्तोलाले जानकारी दिए ।
Leave a comment