हाइलाइट

विपत् कोषमा जेष्ट आईडियोलोजी साकोसको ७५ हजार सहयोग 

विपत् कोषमा जेष्ट आईडियोलोजी साकोसको ७५ हजार सहयोग  :: Sahakari Akhabar

काठमाडौं । न्युरोडमा मुख्य कार्यालय रहेको जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत सहायता कोषमा ७५ हजार सहयोग गरेको छ ।

संस्थाले काठमाडौं महानगरपालिकाका वडा नम्वर २२ र २९ तथा कागेश्वरी नगरपालिका वडा नम्वर ९ को विपत कोषमा २५ हजारका दरले सहयोग गर्ने संस्थाका प्रमुख कार्यकारी संचालक हेमबहादुर कार्कीले जानकारी दिएका छन् ।

विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्था रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने लगाएतका विपन्न वर्गलाई राहत पुगोस् भन्ने उदेश्यले स्थापना भएको विपत व्यवस्थापन कोषमा उक्त रकम सहयोग गरेको कार्कीले जनाए ।

साथै सदस्यहरुलाई संस्थाले संचालन गरेको जेष्ट आइडियोलोजी स्मार्ट एप्स घरबाटै डाउनलोड गरी प्रयोग गर्न सकिने पनि बताएका छन् । संस्थाले आफ्ना दैनिक गतिविधि गर्न समेत असहज भएको अवस्था बुझेर रकम आवश्यक पर्ने सदस्यहरुलाई घरमै पुगेर सेवा दिईरहेको समेत प्रमुख कार्कीले बताए ।



Leave a comment