हाइलाइट

नेचुरल साकोसद्धारा पचास परिवारकालागि खाद्यान्न सहयोग

नेचुरल साकोसद्धारा पचास परिवारकालागि खाद्यान्न सहयोग :: Sahakari Akhabar

काठमाडौं । जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले पचास परिवारकालागि खाद्यान्न सहयोग गरेको छ । संस्थाले गोकर्णेश्वर नगरपालिकामार्फत विपन्न परिवारकालागि खाद्यान्न सहयोग गरेको हो । संस्थाले मंगलबार (चैत २५) गते गोकर्णेश्वर नगरलिकाका मेयर सन्तोष चालिसेलाई खाद्यान्न हस्तान्तरण गरेको हो ।

संस्थाका कर्मचारी विनोद भण्डारी, सृजना पण्डित लगायतको उपस्थितीमा उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । चामल, दाल, नुन, तेल र चिनीको ५० वटा प्याकेट बनाई सहयोग गरेको हो ।

कडाउनको अवस्थामा दैनिक ज्यालामा मजदुरी गर्ने, कोठा भाडामा बस्ने लगायत विपन्न परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यका साथ नगरपालिकालाई राहत हस्तान्तरण गरेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले बताए ।

संस्थाले हस्तान्तरण गरेको राहत प्याकेज विपन्न परिवारलाई समक्ष पुग्ने नगरपालिकाका मेयर चालिसेले बताए । गोकर्णेश्व नगरपालिका–६ मा मुख्य कार्यालय रहको नेचुरलले विपत्को समयमा गरेको सहयोगको खुलेर प्रशंसा गरे ।

नगरपालिकामार्फत राहत वितरण गर्दा प्रभावकारी हुने भएकाले नगरपालिकालाई हस्तान्तरण गरेको प्रमुख कार्यकारी सञ्चालक पाठकले बताए। ‘हामी हाम्रा सदस्यलाई कुनै पनि समस्या पर्न दिदैनौं र समुदायका मानिसलाई पनि सहयोग गर्नु सहकारीको सिद्धान्त हो ।’ संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा विभिन्न खालको सहयोग गर्दै आएको पाठकले बताए।



Leave a comment