हाइलाइट

नेचुरल साकोसद्धारा पचास परिवारकालागि खाद्यान्न सहयोग

नेचुरल साकोसद्धारा पचास परिवारकालागि खाद्यान्न सहयोग :: Sahakari Akhabar

काठमाडौं । जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले पचास परिवारकालागि खाद्यान्न सहयोग गरेको छ । संस्थाले गोकर्णेश्वर नगरपालिकामार्फत विपन्न परिवारकालागि खाद्यान्न सहयोग गरेको हो । संस्थाले मंगलबार (चैत २५) गते गोकर्णेश्वर नगरलिकाका मेयर सन्तोष चालिसेलाई खाद्यान्न हस्तान्तरण गरेको हो ।

संस्थाका कर्मचारी विनोद भण्डारी, सृजना पण्डित लगायतको उपस्थितीमा उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । चामल, दाल, नुन, तेल र चिनीको ५० वटा प्याकेट बनाई सहयोग गरेको हो ।

कडाउनको अवस्थामा दैनिक ज्यालामा मजदुरी गर्ने, कोठा भाडामा बस्ने लगायत विपन्न परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यका साथ नगरपालिकालाई राहत हस्तान्तरण गरेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले बताए ।

संस्थाले हस्तान्तरण गरेको राहत प्याकेज विपन्न परिवारलाई समक्ष पुग्ने नगरपालिकाका मेयर चालिसेले बताए । गोकर्णेश्व नगरपालिका–६ मा मुख्य कार्यालय रहको नेचुरलले विपत्को समयमा गरेको सहयोगको खुलेर प्रशंसा गरे ।

नगरपालिकामार्फत राहत वितरण गर्दा प्रभावकारी हुने भएकाले नगरपालिकालाई हस्तान्तरण गरेको प्रमुख कार्यकारी सञ्चालक पाठकले बताए। ‘हामी हाम्रा सदस्यलाई कुनै पनि समस्या पर्न दिदैनौं र समुदायका मानिसलाई पनि सहयोग गर्नु सहकारीको सिद्धान्त हो ।’ संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा विभिन्न खालको सहयोग गर्दै आएको पाठकले बताए।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000