काठमाडौं । न्युरोडमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारीले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग गर्ने भएको छ ।
संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्थामा रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने लगाएतका विपन्न वर्गलाई राहत पुगोस् भन्ने उदेश्यले स्थापना भएको विपत व्यवस्थापन कोषमा उक्त रकम सहयोग गर्ने निणर्य भएको जनाएको छ ।
संस्थाले सदस्यहरुलाई विपत्मा आश्यक पर्ने खाध्यन्न तथा स्वास्थ्य उपचारकोलागि आवश्यक पर्ने सिमित रकम झिक्नकालागि संस्थाले तोकेको सम्पर्क व्यक्तीसंग सम्पर्क गर्न सकिने जनाएको छ । साथै भोली २६ गते वुधबार देखि कार्यालय दैनिक विहान ११ बजे देखि दिउँसो १ बजे सम्म खोली आंशिक सेवा दिने समेत जनाएको छ ।
Leave a comment