काठमाडौं । जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारीले संस्थाले कोरोना कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि स्थानीय सरकारलाई सहयोग गरेको छ । संस्थाले शंखरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकालाई सहयोग गरेको हो ।
संस्थाले आईतबार शंखरापुर नगरपालिकालाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । संस्थाका सञ्चालक पार्वती मानन्धर, शाँखु सेवा केन्द्र प्रमुख घनश्याम नेपाल र कर्मचारीहरुको उपस्थितीमा ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । त्यस्तै कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ लाई पनि ११ हजार रुपैयाँ सहयोग गरेको छ ।
कोरोनाको भाईरसको विपत्तीमा संस्थाबाट केही योगदान होस् भनेर सहयोग गरेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले बताए । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर सहयोग गर्दै आएको पाठकले बताए ।
‘हामी जुन जुन ठाउँमा छौं, त्यहाँका विभिन्न संघ र संस्थालाई सहयोग गर्दै आएका छौं’, पाठकले भने, ‘त्यँही कार्यक्रमको निरन्तरता यो हो ।’ यसका साथै संस्थाका सदस्यप्रति संस्थाको चिन्तन सधैं रहेको पाठकको भनाइ छ ।
चैत ११ गतेदेखि जारी लकडाउनको समयमा पनि संस्थाले निरन्तर सदस्यलाई सेवा प्रदान गरिरहेको छ । ‘हाम्रा सदस्य जहाँ हुनुहुन्छ, त्यही पुगेर वित्तीय सेवा प्रदान गर्दै आएका छौं, सदस्यको खातामा पैसा नभएपनि अत्यावश्यक सामन खरिद र औषधी उपचारको लागि हामी आवश्यक रकम उपलब्ध गराउँछौं ।’ सहकारीले हरेक विपत्तीमा साथ दिनुपर्ने भन्दै नेचुरल सहकारी पूर्ण रुपमा सदस्यप्रति बफादार रहेको पाठकको भनाई छ ।
Leave a comment