झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना विरुद्धको अभियानमा ५० लाख सहयोगको घोषणा गरेको छ ।संस्थाको २५ औं स्थापना दिवसको अवसरमा राहत प्याकेज घोषणा गरेको हो ।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, जिल्ला विपत् ब्यवस्थापन समन्वय समितिहरु सँगको सहकार्यमा आइसोलेसन, क्वारेन्टाईनमा बसेका तथा बिपन्न परिवारहरुको लागि खाद्यान्न तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको लागि पि.पि.ई समेतको सहयोगका लागि सहारा कर्मचारी मानवीय सहायता कोष सहित ५० लाखको राहत प्याकेज घोषणा गरेको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए ।
स्थापनाको २५ वर्ष प्रवेश
सस्थाले घोषणा गरेको राहत प्याकेज, नेपाल सरकारले सञ्चालन गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा ५ लाख, प्रदेश नं. १ सरकारसंगको सहकार्यमा आइसोलेसन वार्डमा खाद्यान्न ४ लाख, झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा क्वारेन्टाइनमा बसेकाहरुका लागि खाद्यान्नका लागि ११ लाख सहयोग गर्ने संस्थाले जनाएको छ ।
संस्थाले स्वास्थ्यकर्मी र प्रहरीलाई ४ लाख रुपैयाको पिपिई, भुटानी शरणार्थी शिविरमा १ हजार परिवारलाई ६ लाखको खाद्यान्न र विपन्न परिवारका लागि खाद्यान्न तथा विपद कोषमा २० लाख रुपैया प्रदान गरिने कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।
संस्थाका अति बिपन्न तथा लघुबित्त सदस्यहरुलाई लकडाउनको अवस्थामा खर खाँचो टार्न ५ हजार रुपैयासम्म बिना ब्याजको सापटी रकम उपलब्ध गराउने तथा ऋणि सदस्यहरुलाई हर्जना छुटको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।
प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम र पाँचथर गरी ६ जिल्ला कार्यक्षेत्र रहेको संस्थामा १ लाख ४७ हजार जना शेयर सदस्य रहेका छन् । छ जिल्लाका ६५ स्थानमा सेवा केन्द्र मार्फत संस्थाले ५ सय जनालाई रोजगारी प्रदान गरेको छ ।
Leave a comment