भक्तपुर । गाम्चामा रहेको गाम्चा बचत तथा ऋण सहकारीले सुर्यविनायक नगरपालिका वडा स्तरीय विपद व्यवस्थापन कोषमा सहयोग गरेको छ ।
विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्थामा रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने विपन्न वर्गलाई थोरै भएपनि राहत पुगोस् भन्ने उदेश्यले सूर्यविनायक नगरपालिका वडा स्तरीय विपद व्यवस्थापन कार्यमा सहयोग गरेको हो ।
सूर्यविनायक नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष उत्तम थापालाई सस्थाका अध्यक्ष विकास खडका खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरेका थिए । अध्यक्ष खड्काले कोषमा चामल ५२५ केजी, दाल १०० केजी, चिउरा १००केजी तथा नुन १०० केजी वितरण गरेका थिए ।
कार्यक्रममा सस्थाका उपाध्यक्ष देवलाल राजथला, सचिव विदुर खडका, कोषाध्यक्ष सुशील खडका, सदस्य यादव बहादुर.खडका, मणिराज खडका र व्यवस्थापक निता अधिकारीको उपस्थिति रहेको थियो ।
Leave a comment