गाँउका घरमा लागेको ताल्चा खोल्ने उद्देश्य छ

गाँउका घरमा लागेको ताल्चा खोल्ने उद्देश्य छ :: Sahakari Akhabar

काठमाडौं । सिन्धुपाल्चोक वाट ब्यवसाय गर्न राजधानी पसेका केही यूवाहरु अहिले उनीहरुको सपना साकार पार्न जुर्मुरायका छन् । उनीहरुको सपना थियो, गाँउका घरमा लागेका ताल्चा खोल्ने ।

तर कसरी ? उपायको खोजी गर्ने क्रममा उत्तम उपाए वा माध्यामका रुपमा उनीहरुले सहकारी पाए । उनीहरु भन्छन्, यूवाहरु विदेशीयर घर खाली छन् । वुढापाका मात्र घर कुरेर वसेका छन् ।

गाँउमै कृषि पशुपालन जे गरे पनि प्रशस्त सम्भावना छ । स्वदेशमा जग्गा जमिन बाँझो वसेको छ भने यूवाहरु कामकै खोजीमा हरेक दिन झोला भिरेर विदेश हिडेका छन् । त्यसैले सहकारी मार्फत वाँझो बारी र खेतमा कृषि उद्यम गर्न समूह बनाउने र सपना साकार पर्ने निधो भए पछि स्थानीय यूवाहरु हौसियका हुन् ।

समूकै सल्लाहमा विदेश गएर पर्किएका अर्जुन श्रेष्ठ भन्छन्, हामी अव आफू मात्र विदेश नजाने हैन, अरु यूवालाई पनि विदेशजानबाट रोक्छौं । उनीहरु संग दरिलो आधार भनेको सहकारी हो । गाँउकै केही यूवाहरु मिलेर शहरमा सिद्धिकालिका बहुउद्धेश्यीय सहकारी स्थापना गरेका छन् ।

यसको अगुवाई साथीहरु भित्रकै तारा श्रेष्ठले गरेका थिए । सहकारीको अलवा सवैको आ–आफ्नै ब्यवसाय छ । सहकारीका अध्यक्ष यज्ञकुमार श्रेष्ठ रहेका छन् । ०७३ सालमा स्थापना भएको संस्थाले निकै प्रगती गरेको छ । बचत तथा ऋणको अलवा बहुउद्देश्यीय काम गर्ने उनीहरुको योजना छ ।

सरोकारवालाहरु समक्ष पुग्ने र राज्यले सहकारीलाई दिने सहुलियत तथा कृषि औजारहरु लिन अनुदानमा पहुँच कसरी पुर्याउने उनीहरुलाई थाहा छैन । अव निर्वाहमुखी ब्यवसायलाई विस्थापन गरेर व्यवसायीक रुपमा अघी वढ्ने उनीहरुको योजना छ ।

अहिले पूँजी निर्माणकै चरणमा र्छौ संस्थाका ब्यवस्थापक अर्जुन श्रेष्ठले भने । अवको केही वर्षमा हामी शहरको पूँजी गाउमा लानेछै त्यो पनि योजना सहित र त्यहाँका यूवालाई गाउमै रोजगार दिन्छौं । कृषि, पशुपालन, पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा सहकारीको पूँजी गाउमा लानु आबश्यक छ, उनले भने ।

सिन्धुपाल्चोकको तौथली गाउँपालिका वडा ७, ८ र ९ का यूवाहरु सहरमा सहकारीलाई माध्याम बनाएर पूँजी एककठ्ठा गर्न लागेका छन् । भौगोकि विकटता र सामुहिक कार्यको अभावताका कारण हामी सम्भावना भएर पनि लागिपरेका छौनौं संस्थाका अध्यक्ष यज्ञ श्रेष्ठ भन्छन् । त्यसैले गाउँको विकासमा सहकारी मार्फत यूवा लाग्ने हो भने सम्भावना प्रसस्त छन् हामी हाम्रो गाउँका घरमा लागेको ताल्चा अवश्य पनि खोल्ने छौं ।

अहिले संस्थामा एक करोड पूँजी संकलन भइसकेको छ । शेयर पूँजी वृद्धि गरी हामी हाम्रो योजना अगाडी वढाउँछौं । अहिले योजना वनाउने र त्यस ठाँउमा के सम्भावना वढी छ त्यसको अध्यान गर्दैछौं, उनले भने । अव सहकारीवाटै केही गर्न सकिन्छ भन्ने लागेको छ ।

तर सहकारीको उत्पादनको बजारको अभाव र काम गर्ने सहकारीले राज्यवाट पाउने सुविधा तथा सहुलिएतमा आफ्नो पहुँच नभएकोले कसैले समन्वय गरिदिए सहजता हुने संस्थाका प्रवन्धक अर्जुन श्रेष्ठले वताए । उनले भने हामीसंग जोश जाँगर छ, पूँजी पनि संकलन गर्न सक्छौं तर प्राविधिक सहयोग, तालिमलगाएतका पूवधारमा राज्यको पनि सहयोग भएमा अझै सहजता हुने थियो ।

एकहजार सदस्य रहेको संस्थाले सदस्यलाई पाँच करोड लगानी गरेको छ । श्रेष्ठ भन्छन् सन्दर्भ ब्याजदरको निती आएपछि १६ प्रतिशतमा लगानी गरेका छौं धितोमा । तत्कालचाँही सन्दर्भ ब्याजदरबारे सदस्यलाई वुझाउनु परेको छ, सदस्यलाई सहकारी शिक्षा आवश्यक छ ।

आफ्नो संस्थाले सदस्यलाई नियमित शिक्षा प्रदान गर्दै आएको उनले बताए । सदस्यले जुन उद्धेश्यकालागि ऋण माग गर्नुहून्छ हामी पहिला त्यसको परियोजना हेरेर मात्र ऋण लगानी गर्छौं उनी भन्छन । उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना छ खेतीको चक्लावन्दी गर्दै कृषि, पशुपालन तथा पर्यटन तर्फ यूवालाई रोजगार सिर्जना गर्छौ ।

तर सरोकारवालाहरु समक्ष पुग्ने र राज्यले सहकारीलाई दिने सहुलियत तथा कृषि औजारहरु लिन अनुदानमा पहुँच कसरी पुर्याउने उनीहरुलाई थाहा छैन । अव निर्वाहमुखी ब्यवसायलाई विस्थापन गरेर व्यवसायीक रुपमा अघी वढ्ने उनीहरुको योजना छ ।

सहकारी नामकालागि हो खानलाउन आ–आफ्नै ब्यवसाय छ उनी भन्छन् । सहकारीले उत्पादन गरेको सामग्रीको बजार ब्यवस्थापनको निश्चितता भए, उत्पादनमा लाग्न समस्या छैन । सम्भावनाको क्षेत्र भएर पनि सहकारीलाई उत्पादनमा लाग्न राज्यको निती कमजोर रहेको उनको बुझाइ छ । सहकारीले बचत तथा ऋणमै सिमति नभएर उत्पादनमा लाग्न राज्यको निति बलियो ल्याउनु पर्ने उनी भन्छन् ।




Leave a comment