महिलालाई व्यवसायीक र आत्मनिर्भर बनाउँदै सहकारी

महिलालाई व्यवसायीक र आत्मनिर्भर बनाउँदै सहकारी :: Sahakari Akhabar

विराटनगर । २०४९ साल असार २० गते बेलबारी गाविस १ का १० जना महिलाबाट गोजी र वाकसको पैसा बचत हुँदैन समूहमा राखे, भविष्यमा काम लाग्छ भनेर एउटा समूह बनाए । महिलाहरुले समूहमा बचत गर्न थाले, समूहको रुपमा संचालन हुँदै आएको बचत समूहलाई महिलाहरुले २०५८ साल माघ १५ गते ३२ जना महिलाहरुबाट प्रति कित्ता एक सयका दरले शेयरपूँजी ३२ सय र प्रवेश शुल्क २० रुपैँयाका दरले कायम गरी विधिवत रुपमा डिभिजन सहकारी कार्यालय इलाममा दर्ता गरे ।

हाल बेलबारी न.पा. को वडा नं. १ मा कार्यालय संचालन गरी सहकारीले बेलबारी, सुन्दर हरैंचा नगरपालिका र केराबारी गाउँपालिकालाई कार्यक्षेत्र बनाई आफ्ना गतिविधि अगाडि बढाईरहेको छ । दीपज्योति नारी विकास बचत तथा ऋण सहकारी संस्थाको कार्य संचालन अन्य साकोस भन्दा भिन्न रहेको छ ।

सहकारीमा १९ वटा समूह छन् । प्रत्येक महिनाको १ गतेदेखि ५ गतेसम्म सवै समूहमा बचत संकलन भै सक्छ । ५ गतेदेखि १० गतेसम्ममा ऋण लगानी सकिन्छ । आयमूलक, वैदेशिक, आकस्मिक, शैक्षिक र सामाजिक । न्युनतम ५ हजार देखि ५ लाखसम्म लगानी गर्ने गरेको सहकारीले जनाएको छ । बिना धितो १ लाख ५० हजार सम्म र धितोमा ५ लाख सम्म लगानी गर्ने गरेको सहकारी अध्यक्ष पार्वती बरालले बताइन् ।

२०६६ सालको सहकारी दिवसमा डिभिजन सहकारी मोरङले जिल्लाको सर्वोत्कृष्ट सहकारीको रुपमा पुरस्कृत गरेको संस्था २०७३ मा पुन डिभिजन सहकारी कार्यालय मोरङबाट उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित भएको छ 

आकस्मिक ऋण घरपरिवारमा समस्या आइपर्दा ५ हजार सम्म बिना ब्याज व्याज २ महिनाका लागि उपलब्ध गराउँदै आएको अध्यक्ष बरालको भनाई छ । सहकारी आफ्ना शेयरसदस्यसंग बचत तथा ऋण सँगै विभिन्न सामाजिक, सीपमूलक कार्य गर्दै महिलाको क्षमता वृद्धि, आर्थिक आयआर्जनमा वृद्धि, स्वरोजगार नेतृत्व विकास गर्दै समाजमा दिगो र विश्वासिलो संस्थाको रुपमा स्थापित हुन सफल भएको छ । सहकारीले सफलता पाएसँगै भवन निर्माणका लागि बेलबारीमा जग्गा खरिद गरी सकेको र छिट्टै हुने सहकारीले जानकारी दिएको छ ।

सहकारीले आफ्ना शेयर सदस्यहका लागि बचत संकलन ऋण लगानी, सीपमूलक तालिम (सिलाई कटाई, ब्यूटिपार्लर, बेमौसमी तरकारी खेती, प्लम्बिङ, मोटरसाइकल वर्कसप, फर्निचर), रासायनिक मल बिक्री, गोवरग्यास निर्माण, रेमिट्यान्स सञ्चालन, राहत कोष वितरण ( २ हजारदेखि १० हजारसम्म ), जेष्ठ सदस्यहरुलाई तिर्थाटन साथै सहकारी अवलोकन भ्रमण र सम्मान, असल ऋणीलाई बुझाएको ऋणको ब्याजमा ५% रकम फिर्तासहित सम्मान र पुरस्कार वितरण गर्ने गरेको छ ।

सहकारी जिल्लामा क्रियाशिल भएसँगै सहकारी हरेक कोणबाट सफल रहेको भन्दै २०६६ सालको सहकारी दिवसमा डिभिजन सहकारी मोरङले जिल्लाको सर्वोत्कृष्ट सहकारीको रुपमा पुरस्कृत गरेको थियो । त्यसैगरी २०६७\०६८ मा जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट पुरस्कृत गरेको थियो भने । सहकारीले २०६६\०६७ मा सेन्टरफर माइक्रो फाइनान्सबाट संस्थागत मूल्याङ्कन अनुरुप असल व्यवस्थापन तथा सुशासन सम्बन्धि उत्कृष्ट पुरस्कृत प्राप्त गरेको थियो । सहकारीका अध्यक्ष पार्वती बराल २०७२ सालमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघद्वारा उत्कृष्ट महिला सहकारीकर्मीको रुपमा पुरस्कृत तथा सम्मानित हुनु भएको थियो ।

त्यस्तै २०७३ मा पुन डिभिजन सहकारी कार्यालय मोरङबाट उत्कृष्ट सहकारी संस्थाको रुपमा दिपज्योति सहकारी सम्मानित भएको छ । सहकारीहरु मध्ये सहकारीको सिद्धान्त अनुसार सञ्चालन भएको सहकारी भन्दै डिभिजनले उत्कृष्ट सहकारीको रुपमा उक्त सहकारीलाई सम्मान गरेको हो ।




Leave a comment