सहकारीबाट नयाँ जीवन पाएकी खिल्का : पहिले हरेस खाएपनि अहिले गाउँकै उदाहरण

सहकारीबाट नयाँ जीवन पाएकी खिल्का : पहिले हरेस खाएपनि अहिले गाउँकै उदाहरण :: Sahakari Akhabar

सिन्धुलीको दुधौली नगरपालिका ४ की खिल्का सुनुवार लाई श्रीमानले छोडेपछि घर व्यहार चलाउने र छोरा छोरी पढाउने जिम्मेवारी उनमाथी आयो । छोरा \छोरी सानै, न आफ्नो जागिर, न कतैबाट २ \४ पैसा आउने बाटो । कमाएर ल्याउने श्रीमान नै नभएपछि घर व्यवहार चलाउन र छोराछोरी पढाउन नसक्ने अवस्था भयो उनको । “आम्दानीको बाटो नभएपछि केहि व्यवसाय गरौ भन्दा एकल महिला यसले के नै गर्न सक्छे र ? गाउँमा घरमा यी यस्तै कुरा गरी ऋण कसैले पत्याएनन्,” उनले भनिन् । उनी के गर्ने उनी अन्योलमा पर्दै थिइन । जव २०६४ लाख सालमा कमलामाई बचत तथा ऋण सहकारी दुधौली खुल्यो तव उनको जीवनले अर्कै मोड लियो ।

जेठि छोरी ल्याप टेक्निसियन पढाई पुरा गरि लाहान स्थित मोर्डन हस्पिटलमा काम गर्न थालिसकेकी छिन् । कान्छो छोरा भने कक्षा १२ मा पढ्दै छ । उनी भन्छिन्, “श्रीमानको मृत्यु भएपछि कमाउने साहारा नै टुटेको भन्दै जिन्दगी नै अन्धकार देखेकी मलाई सहकारीले नया जिन्दगी दियो ।”

जिन्दगीदेखि हार खाइसकेकी खिल्कालाई सहकारीले नयाँ जीवन दिएको छ । सरकारीबाट उनले सुरुमा २० हजार लिएर तरकारी खेति सुरु गरिन । १ कठ्ठा जग्गामा तरकारी खेति गरेकी उनको तरकारी खेतिबाट राम्रो आम्दानी भएपछि फेरि ऋण थपिन्, ३० हजार, ४० हुदै उनले ५० हजारसम्म ऋण लिइन र किस्ता तिर्दै गइन् । एक कठ्ठा जग्गाबाट तरकारी खेति सुरु गरेकी सुनुवारले अहिले बढाएर ५ कठ्ठामा तरकारी खेति गरेकि छिन् ।

अहिले उनको बारीमा काउलि, बन्दा, टमर, भेन्डि, बोडि, सिमि, खुर्सानी, करेला, काक्रो, लसुन, प्याज लगाएतका तरकारी छन् । उनले सिजन अनुसार मौसमी तथा वेमौसमी दुवै तरकारी लगाउछिन् । तरकारी खेती गरेकि सुनुवार विहान देखि साझँ सम्म तरकारी खेतीमै व्यक्त हुन्छिन् । उनले तरकारी खेति मात्र हैन तरकारीका नर्सरी (वेर्ना) समेत लगाउछिन् । २२ दिनदेखि तयार हुने वेर्ना ३० दिनसम्म सम्म बेच्न मिल्छ । एक पटक वेर्ना बनाउदा उनले ३० दिनमा १ लाख ४० हजार सम्म कमाउछिन् । उनले बनाउने वेर्ना जिल्ला भरि नै विक्रि हुने गरेको छ । वेर्ना र तरकारी खेति गरि महिनामा लगभग ५० हजार सम्म कमाउने गरेको उनको भनाई छ ।

तरकारी खेतीबाट उनले २ छोरीलाई प्राविधिक शिक्षा पढाएकी छिन् । जेठी छोरीलाई ल्याव टेक्निसियन पढाउन सफल भइन भने कान्छि छोरीलाई अहेव पढाइन । अहिले त जेठि छोरी ल्याप टेक्निसियन पढाई पुरा गरि लाहान स्थित मोर्डन हस्पिटलमा काम गर्न थालिसकेकी छिन् । कान्छो छोरा भने कक्षा १२ मा पढ्दै छ । उनी भन्छिन्, “श्रीमानको मृत्यु भएपछि कमाउने साहारा नै टुटेको भन्दै जिन्दगी नै अन्धकार देखेकी मलाई सहकारीले नया जिन्दगी दियो ।”

तरकारी खेति गर्नुअघि घर खर्च जुटाउन र छोराछोरी पढाउन निकै गाहो भएको उनलाई अहिले तरकारी खेतिले छोराछोरीको पढाई खर्च र सम्पूर्ण घर खर्च टार्न सहज भएको छ । जिन्दगीमा केहि गर्न नसकिने भन्दै हार खाइसकेकी खिल्का अहिले आफ गाउँ कै उदाहरणीय महिला भएकी छिन् ।




Leave a comment