हाइलाइट

सहकारी नेताकालागि दरखास्त आब्ह्वान

सहकारी नेताकालागि दरखास्त आब्ह्वान :: Sahakari Akhabar

आफ्नै संस्थाको संचालक हुन नसकेपनि कही कतै भएको संस्थावाट प्रतिनिधि ल्याउन सक्ने, त्यो पनि नसके कुनै संस्थाको दैलो टेकेको हुनु पर्ने, त्यो पनि नसके परैवाट संस्थाको नाम भएको साईनबोर्ड देखिनेगरी आफ्नै मोबाइलले सेल्फी खिचेर फेसबुकमा पोष्टयाएको हुनु पर्ने 

सहकारी क्षेत्रको हितलाई आफ्नो हित सम्झी सदैव यसै क्षेत्रमा मरिहत्ते गरेर लागीरहने सक्षम, योग्य अनी क्षमतावान उमेदवारहरुले तल दिएको योग्यता पुगेको खण्डमा आवेदन दिन सक्ने जानकारी गराइन्छ । रित नपुगी र म्याद सकिए पछि आएको निवेदन मान्य हुने छैन । म्यादको हकमा पुष मसान्तलाई नवढाई तोकीएको छ ।

सहकारीमा नेताहरुको वर्तमान अवस्था चित्रण गरिएको छ तल हेरेर आफू सुहाँउदो पदकालागि दरखास्त दिन सकिने जानकारी गराइन्छ । देशमा रहेका पैत्तिस हजारको हाराहारीका प्रारम्भिक सहकारीमा प्रत्येक सहकारीमा सात जना संचालक र तीन जना लेखा समितिका गरी जम्मा ३ लाख ५० हजार प्रारम्भिक नेता ।

बाईसवटा केन्द्रीय विषयगत संघ भए पछि देशमा बाईस थरी सहकारी रहेछन् भन्ने सर्वसाधारणले बुझ्नेनै भए । बाईसवटा केन्द्रीय विषयगत संघका प्रत्येकका १८ जना लेखा समिति सहितका संचालक भए पछि ३ सय ९६ केन्द्रीय नेता । वर्तमान अवस्थामा जिल्ला सहकारी संघ २ सय ६० वटा, प्रत्येक संघमा १८ जना संचालकका दरले ४ हजार ६ सय ८० जिल्लास्तरिय नेता ।

अव अहिले सात प्रदेश, ७ प्रदेशमा ७ वटा संघ प्रत्येक संघमा १८ जना संचालकादरले १ सय २६ प्रदेश नेता भए । त्यसैगरी ७ प्रदेशमा विषयगत संघ स्थापना हुँदा बाइसवटा विषयका १ सय ५४ वटा संघ तीनका १८ जना संचालकका दरले २ हजार ७ सय ७२ जना प्रदेशस्तरीय विषयगत नेता ।

सहकारी विभागले २०७४ सालसम्म अल्छी नगरी राखेको रेकर्ड अनुसार पैत्तिस हजार संस्थाका दोहोरो तेहरो सदस्यलाई छाडेर दशौं पन्ध्रौं सम्मको लेखा नराख्ने हो र निसाव पछि गर्ने गरी हिसाव गर्ने हो भने ६५ लाख सदस्य । ६५ लाख सदस्यको प्रारम्भिक, जिल्ला स्तरिय, प्रदेशस्तरीय र केन्द्रीयस्तर तथा विषयगतका गरी कूल ३ लाख ५७ हजार ९ सय ७४ जना नेता ।

त्यत्तीकै मात्रामा संस्थापक, निवर्तमान, भविश्यका र सल्लाहकारको हिसाव गर्दा १४ लाख ३१ हजार ८ सय ९६ जना सहकारी नेताको हिसाव निक्लन्छ । त्यस बाहेक दशौं पटक संचालक समितिको निर्वाचन गरेर सयौं नेता उत्पादन गरिसकेका सहकारी संघ संस्थाहरुको लेखाजोखा गर्न बाँकीनै छ । उनीहरुको पनि गणना चाँही हुनु पर्छ भन्ने लाग्छ । सहकारी नेता त्यती मात्र हैनन् अझ वढेमानका नेताको हिसाव गर्न बाँकीनै छ ।

त्यो के हो भने सहकारी महासंघ र सहकारी बैकको भूतपूर्व, निवर्तमान र सस्थापकको पनि हिसाव त गर्नै प¥यो । तीनिहरुको संख्या पनि त्यतीनै मात्रामा र अहिले, पहिले र कहिल्यौ संचालकमा नअटाएका तर सल्लाहकारमा अटाएका र भविश्यमा हुन लागेका अनि सार्क राष्ट्रिय, एसियाली स्तरकाको लेखा राखे पछि अन्तराष्ट्रियस्तरको त छुटाउनै मिलेन नी ।

महासंघका १८ र सहकारी बैंकका १८ जना गरी वर्तमान ३६ जना । भूतपूर्व ३६ जना र भविश्यका ३६ जना । त्यसैगरी संस्थापक पनि ३६ निवर्तमान पनि ३६ जना गरी जम्मा नौ बिसे वडेमानका नेताको उत्पत्ती भएको देखिन्छ । यस हिसावले मोटामोटी चानचुन र ढक्कै गरेर पन्ध्र लाख सहकारी नेताको उत्पादन भएको यो क्षेत्रलाई राज्यले अर्थतन्त्रको बलियो आधार पनि मानेको छ ।

सम्भव भएसम्म सहकारीका सदस्य भन्दा वढी नभएपनि सदस्य संख्याको हाराहारीमा नेताको संख्या पु¥याउनु पर्ने भएकोले यो खडेरीलाई परिपूर्ती गर्न इच्छुक योग्यता पुगेका नागरिकबाट दरखास्त आब्ह्वान गरिएको हो । सहकारी नेतामा हुनुपर्ने योग्यता र गुणको सविस्तार वर्णन गरिएको छ ।

सर्वप्रथम राजनितिक पार्टीलाई सहकारी भन्दा पहिला पार्टी देवो भवः भन्न सक्ने अनी दलका नेतालाई त्वमेव माता च पिता त्वमेव ः त्वमेव सर्वम् म म देव देव । मान्नेता भएको हुनु पर्ने । पार्टीको चाकरी गर्न सक्ने, सहकारीका जुनसुकै संघ, केन्द्रीय संघ, महासंघमा आउन राजनीतिक दलका नेताको आर्शिबाद लिन सक्ने ।

आफ्नै संस्थाको संचालक हुन नसकेपनि कही कतै भएको संस्थावाट प्रतिनिधि ल्याउन सक्ने, त्यो पनि नसके कुनै संस्थाको दैलो टेकेको हुनु पर्ने, त्यो पनि नसके परैवाट संस्थाको नाम भएको साईनबोर्ड देखिनेगरी आफ्नै मोबाइलले सेल्फी खिचेर फेसबुकमा पोष्टयाएको हुनु पर्ने ।

सहकारीको स नजानेपनि पार्टीको सिफारिसमा परेको हुनु पर्ने । विदेश जान भने पछि हुरुक्कै हुने, पदकालागि आस्थाको बलिदान गर्न सक्ने हुनु पर्ने । संघहरुलाई विदेशी एजेण्ट बनाउन सक्ने क्षमता भएको संस्थाहरुसंग लेवी उठाएर जिविकोपार्जन गर्न सक्ने, चतुर वुद्धि भएको हुनु पर्ने ।

संघ केन्द्रीय संघमा संचालक बन्न जतासुकैबाट प्रतिनिधि ल्याउन सक्ने, सहकारी विषयमा दुई घण्टा भाषण दिन सक्ने क्षमता भएको हुनु पर्ने । सहकारी र नियामक संग साँठगाँठ गरी कुटिल चाल चल्न सक्ने प्रतिभा भएको हुनु पर्ने । यती भएपछि माथि उल्लेखित योग्यता पुगेका उमेदवारहरुले आफूलाई पाएक पर्ने सहकारीका संघहरुको हुनैलागेको रिक्त पदमा दरखास्त दिन सकिनेछ । कि कसो त !



Leave a comment