हाइलाइट

सहकारीका रमिते साधारण सभा

सहकारीका रमिते साधारण सभा :: Sahakari Akhabar

विहानदेखि सदस्यलाई वोलाएर टट्याउने गरी राखेर अतिथिको पर्खाइमा दिक्क लगाएपछि सदस्य किन वसिरहन्थे र सदस्यहरु हिडे पछि जे जस्तो निर्णय गरे पनि भो ।

भदौको अन्तिम सातादेखि पुस मसान्तसम्म सहकारीहरुको साधारण सभा सिजन हो । सहकारीका नेतालाई असारको रोपाई जस्तो सभामा जान चटारो पर्छ । संस्था छानेर जाने प्रवृति र सहकारी नेतालाई नै वोलाउनु पर्ने प्रवृतिका कारण यो सिजनमा सहकारी नेताहरुले खडेरी पर्नु स्वभाविकै हो । सहकारीका नेतालाई वोलाएर लम्वे तन्ने भाषण दिन लगाउनु, विषय र प्रसंग भन्दा बाहिरका अझ राजनीतिक दलका नेतालाई बोलाएर वेतुकका भाषणमा रमाउने मनोवृतीले आजकाल सहकारीका साधारण सभा रमिते बन्दै गएका छन् ।

साधारण सभा सदस्यको सभा हो भन्ने गरिन्छ । सदस्यले सभामा प्रस्तुत भएको संस्थाको वार्षिक प्रगती विवरण तथा भावी कार्यक्रमका वारेमा भरपुर छलफल गर्न पाउनु पर्ने हो । तर, आजकालका साधारणसभा पार्टीका भाषण, आशन र सास्कृतिक तथा प्रहशन कार्यक्रम वनाइन थालेका छन् । साधारण सभा रमिते वनाएपछि सदस्यको मन भुल्याउने, सम्मानको लोभ अनि यातायात खर्च दिने गरे पछि सदस्यको मन प्रतिवेदन तथा भावी कार्यक्रमका वारेमा छलफल हुने सम्भावना नै हुदैन

नियम अनुसार सदस्यलाई प्रतिवेदन पहिल्यै घर घरमा पु¥याइ दिनु पर्ने हो । तर सभाकै दिन प्रतिवेदन वाँड्ने अनि सहकारीको प्रतिवेदन छरितो बनाउनु पर्ने सवैले वुझ्ने हुनु पर्ने तर देशका अर्थ मन्त्रीले पेश गरेको झैं गहन रुपको प्रतिवेदनले सदस्यहरु प्रतिवेदनको बाहिरी भाग र फोटोमा चित्त वुझाउँदै आफू वसेको सिटमा ओच्छ्याउने मात्र काम भएको छ । संचालकहरुको चाहाना पनि त्यही हो । विहानदेखि सदस्यलाई वोलाएर टट्याउने गरी राखेर अतिथिको पर्खाइमा दिक्क लगाएपछि सदस्य किन वसिरहन्थे र सदस्यहरु हिडे पछि जे जस्तो निर्णय गरे पनि भो ।

किनकी साक्षीका रुपमा सहकारीका गन्य मान्य र केही पत्रकार पनि भएकै हुन्छन् । खाम, दाम, आशन र भाषण पाएकै हुन्छन् । भित्री कुरा के छ थाहा नपाई ट्याक्सी चडाएर ल्यायो अनी ट्याक्सीमै पठायो भन्दैमा सभा सभ्य र भव्यको संज्ञा दिन पछि पर्दैनन् अतिथिहरु । सास्कृतिक मनोरममा मौनता बनेको सहकारीका अतिथि तथा संचालकहरुले सहकारीका सदस्यहरुलाई घात गरीरहेका छन् । सदस्य पनि आफ्नो संस्थाको वास्तविकता खोज्ने भन्दा पनि यातायात खर्च र भोज गर्छकी गर्दैन भनेर खोजी गर्ने ब्याजमा धेरै र ऋणमा कम ब्याज दिन्छकी दिदैन भन्ने प्रचलनले सहकारीका संचालकहरु मात्तिएका हुन ।

सहकारीका केन्द्रीय सघहरुको प्रतिनिधिहरुको सहभागिता हुनै पर्ने, भाषण गर्नै पर्ने, नाँचगान गर्नै पर्ने प्रचलनले सहकारीका साधारण सभाले बाटो मोडेका छन् । खादा र मालाको स्वागत र मायाको चिनोसहितको विदाई हेर्दा लाग्छ देशको ठूलै नेताको आगमन भए छ ! आफूलाई सहयोग गर्ने केन्द्रीय संघ तथा नेताको आतित्थता छ भने त झनै पाउमै ढोग्न पुग्छन् संचालकहरु । विषय र योगदानको कदर विनै पार्टी र आफ्नो एस म्यानलाई सम्मान र पुरस्कृत गर्ने प्रचलन झाँगिंदै गएको छ ।

कमिसन र भरपुर सहयोग पाएका संस्थाले नेतालाई सहकारीका पिता÷माताको संज्ञा दिंदापनि उदेक नै लागेर आउँछ । कमसेकम योदानका आधारमा उसलाई उपाधी दिंदा राम्रै हो, गर्नु पनि पर्छ । तर सहकारी अभियानमा पार्टीको टिका लगाएर आएको केही समय मात्र भएको छ राम्ररी सहकारी अभियान वुझेको पनि छैन । ऐन कानुनमा उनीहरुकै वर्चस्व उनीहरुनै सहकारीका माता÷पिता । साधारण सभाले दिएको उपाधी लिएर मख्ख छन् हाम्रा सहकारीका नेता । ठूलै युद्ध जितेझैं । साधारण सभा सदस्यको सभा हो, अतिथिहरुको झुण्ड थुप्रीने स्थान हैन सदस्यहरु जागरुक वनौं, कि कसो त ?



Leave a comment