काठमाडौं । विर्तामोड ४ झापामा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले रसुवा भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि कोषमा सहयोग गरेको छ । संस्थाले बाढिबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिबाट मर्माहत भएको क्षेत्रकालागि पुनःस्थापनामा सहयोग गरेको हो।
संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६लाख ३८हजार ४९० रुपैयाँ सहयोग हस्तान्तरण गरेको जनाएको छ । सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थाको सहयोगले उद्धार, तथा पुनस्र्थापनामा थोरै भएपनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
संस्थाबाट ५ लाख र संस्थाका कर्मचारीबाट १ लाख ३८ हजार ४९० रुपैंयाँ गरी जम्मा कर्णाली साकोसबाट विपत्तिमा परेका नागरिकको पीडामा थोरै भएपनि राहत पुग्ने अपेक्षाले ६ लाख ३८,४९० रुपैयाँ सहयोग गरेको छ ।
राष्ट्रिय विपत्ती सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएकोले संस्थाले सहयोगमा साथ दिएको जनाएको छ।
संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यसैगरी, संस्थाले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता अनुसार राहत कोषमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।
Leave a comment