हाइलाइट

साकोस शिखर गोष्ठीको औचित्यता

साकोस शिखर गोष्ठीको औचित्यता :: Sahakari Akhabar

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) विगत ३७ वर्ष देखि बचत तथा ऋण सहकारीको अभियान मार्फत समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर उकास्न क्रियाशिल रहेको बचत तथा ऋण सहकारी संघ÷संस्थाहरूको राष्ट्रव्यापी प्रतिनिधित्व गर्ने केन्द्रीय निकाय हो ।

नेपालमा ७६ जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने ४४०० भन्दा बढी  बचत तथा ऋण सहकारी संस्थाहरू, ६५ वटा जिल्ला बचत संघहरू र  ४ वटा प्रादेशिक करिब ३७ लाख व्यक्तिगत सदस्यहरू रहेको यस केन्द्रीय संघ विगत २०५५ साल देखि एशियाली ऋण महासंघ (ACCU) र २०७५ सालदेखि विश्व ऋण परिषद (WOCCU) को समेत सदस्य रहेको छ ।

साथै यस संघले दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार निकायहरूबाट विकसीत साकोस समाधनहरुको प्रवद्र्धन र कार्यन्वयन  साझेदारीमा बचत तथा ऋण सहकारीको संस्थागत विकासका कार्यक्रमहरू संचालन गर्दै आइरहेकोछ ।

बचत तथा ऋण सहकारी संस्थाहरूको संचालनमा विद्यमान जोखिम र तिनको सापेक्षित प्राविधिक समाधानको लागि संघले संस्थागत विकास तथा सुशासनका विविध क्षेत्रहरूमा तालिम तथा शिक्षाको माध्यमबाट समुदायको दीगो र प्रतिस्पर्धि संस्थाको रूपमा स्थापित गराउन निरन्तर प्रयासरत रहेको छ ।

सक्षम र प्राविधिक जनशक्ति विकास तथा व्यवस्थापनबाट मात्र साकोस अभियानलाई सापेक्षित रूपमा प्रतिष्पर्धि, विश्वासयोग्य र गुणस्तरीय बनाउन सकिन्छ भन्ने मान्यताका साथ विगत लामो समयदेखि तालिम कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ ।

नेपालमा सहकारी ऐन, २०४८ जारी भएपश्चात संख्यात्मकरूपमा वृद्धि भएका सहकारी संघसंस्थाहरू र संघीय संरचना अन्तर्गत नियमनमा ७६१ वटा स्वायत्त इकाईहरूमा रहेको विविधताले सहकारी सञ्चालनमा थप अन्यौलता र जोखिम वृद्धि गरेको छ । सहकारी क्षेत्रले मूलुकको आर्थिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको कारण नेपालको संविधान २०७२ ले नेपालको अर्थतन्त्र सार्वजनिक, नीजि र सहकारीमा आधारित हुने व्यवस्था गर्यो ।

विशेषतः बचत तथा ऋण सहकारी संस्थाहरूको स्थापनाले शहरी क्षेत्रका साथै दुर्गम ग्रामिण क्षेत्रका समुदायमा औपचारिक वित्तीय क्षेत्रको पहुँच अभिवृद्धि गर्नुका साथै बचत गर्ने बानीको विकास गरी राष्ट्रिय पुँजी निर्माणमा उल्लेखनीय योगदान गरेको छ । यद्यपी शहरी क्षेत्रमा केही व्यक्तिको निहित स्वार्थसिद्धिका लागि स्थापना भएका अनियन्त्रित सहकारीका कारण आम नागरिकको बचतमा जोखिम समेत बढ्दै गइरहेको छ ।

यसै सन्दर्भमा परिवर्तित कानुनी व्यवस्थालाई अनुकुलीत भई नेपालको साकोस अभियानलाई प्रभावकारी एवम मजवुत र  आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त दुरूस्त राख्न, समान वुझाई र असल अभ्यास लाई निरन्तरता दिने सोचका साथ यो राष्ट्रिय गोष्ठी सञ्चालन हुन गइरहेको छ ।

यो गोष्ठीको नाम साकोस शिखर गोष्ठी-२०८२ (SACCOS SUMMIT-2025) रहेको छ । अन्तर्राष्ट्रिय जगतमा भएका साकोसका असल अभ्यासहरू र राष्ट्रिय परिवेशमा उत्तम अभ्यासहरूको आन्तरिकिकरणको लागि स्वदेशी तथा विदेशी विषय विज्ञहरूमार्फत क्षमता अभिवृद्धि गर्ने प्रयासको निरन्तरतामा साकोस क्षेत्रका अनुभव आदान प्रदानका साथै नयाँ अभ्यासहरूको जानकारी प्रदान गर्न गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

२)  गोष्ठीको मूल नारा :

सञ्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन (“Regulatory alignment and strategic elevation to ensure integrated movement.” )

३)  कार्यक्रमको औचित्यता :

गोष्ठीको मूल नारा “सञ्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन” ले सहकारी क्षेत्रका कार्यक्रमहरूलाई प्रभावकारी, समन्वित र दिगो बनाउने आवश्यकतालाई अभिव्यक्त गर्दछ । यस नाराले सञ्जालीकरणको माध्यमबाट सहकारी गतिविधिहरूको समन्वय र विस्तार सुनिश्चित गर्नुका साथै, रणनीतिक उन्नयनमार्फत कार्यप्रणाली र क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता देखाउँछ ।

साथै, नियामकीय अनुकूलनमार्फत पारदर्शिता, जिम्मेवारी र वित्तीय सुशासन कायम राख्नुको महत्वलाई समेत जोड दिन्छ । यस आधारमा, गोष्ठीले सहभागीहरूलाई सहकारी अभियानको प्रभावकारिता र दिगोपन सुनिश्चित गर्ने रणनीति र अभ्यासहरूसँग परिचित गराउने उद्देश्य राख्दछ ।

सत्रहरु                 समय             विषयवस्तुहरू
सामूहिक सत्र–१    विहान ९ः००    नियामकीय मार्गचित्र : साकोसको दिगो सस्थागत रुपान्तरणको चुनौती र अवसर
सामूहिक सत्र–२    विहान ११ः००    सम्पती शुद्धीकरण निवारण सम्बन्धि कानुनी व्यवस्था र परिपालना  
सामुहिक सत्र–३    दिवा १३ः००    Shifting leadership for rekindling cooperative values and principles
सामुहिक सत्र–४    दिवा १४ः४५    वित्तीय सहकारीको स्वःनियामकीय अभ्यासः चुनौती तथा आगामी मार्गचित्र, विश्वव्यापी दृष्टिकोण तथा तथा नेपालमा यसको सम्भावना

उत्प्रेरणा सत्र    दिवा १६ः१५    उत्प्रेरणात्मक सत्र

सामुहिक सत्र–५    विहान ८ः३०    वित्तीय सहकारी संस्थाहरूका लागि सञ्चालन मानकीकरण ढाँचा
सामुहिक सत्र–६    विहान १०ः३०    वित्तीय सहकारीमा स्रोत परिचालनः वर्तमान प्रवृत्ति र आगामी मार्गदिशा

४. शुल्क तिर्ने सहभागी संख्या ७२० जना, सहभागीहरुको उत्साहजनक नामदर्ताको कारणले तय गरिएको कार्यक्रम स्थलमा व्यवस्थापनको दृष्टिकोणले दर्ता बन्द गरेको अवस्था छ ।

५. गोष्ठीबाट अपेक्षा :

१, बचत र ऋणको कारोबार गर्ने सहकारी संस्था सञ्चालनमा अन्यौलता सृजना भएको अवस्थामा नियमन कसरी हुन्छ र त्यसमा सहकारी सञ्चालन कसरी गर्ने र यस क्षेत्रको बृद्धि र विकास कसरी गराउने भन्ने प्राविधिक विषयहरुमा छलफल हुने । 
२, सहकारी संस्थाहरुले पालना गर्नुपर्ने कानूनी संहिता, सम्पत्ति शुद्धिकरण जस्ता विषयहरुलाई गम्भिर रुपमा सहकारीहरुले लिनुपर्ने विषय जानकारी गराउने । 
३, बदलिएको सहकारी सञ्चालन, इजाजतमा आधारित कारोबार र प्राधिकरण मार्फत एकल नियमनको अवस्थामा वित्तीय सहकारीहरुका सञ्चालक समितिले समायोजन हुनुपर्ने संस्थागत एवम् सुशासनका विषयहरु जानकारी दिने । 
४, विश्वमा अभ्यास रहेका स्वनियमन मार्फत वित्तीय सहकारीको व्यवस्थापनको असल अभ्यास बारे छलफल हुने । 
५, नेपालका बचत तथा ऋण सहकारीहरुको स्तरीय सञ्चालनका मानकहरु वा क्षेत्रहरु पहिचान र निर्धारण हुने
६, बचत तथा ऋण सहकारीहरुमा भईरहेको आर्थिक कारोबारको संस्थागत लगानी सन्तुलन, पूँजिकोषको सन्तुलन, दीगो वित्तीय सक्षमता विकासका भावी रणनीतिहरुबारे छलफल हुने ।

६. स्थान मिति समय :

गोष्ठी ६ सत्रमा १.५ दिन चल्नेछ । २०८२ पौष ३ र ४ गते सम्म हेरिटेज गार्डेन ललितपुर विहान ८ः३० देखि ५ः०० बजे सम्म पहिलो दिन र दोश्रो दिन विहान ८ः३० देखि १२ः३० सम्म



Leave a comment