आकाश डिजीटलले आठ वर्षको यात्रा तय गरेको छ । ०७४ साल असारमा स्थापना भएको कम्पनिले सहकारीको ऋण लगानी प्रकृयालाई ब्यवस्थित बनाउने सपना देखेको थियो । यो आठ वर्षको अवधिमा कम्पनीले थुप्रै चुनौतीहरूको सामना गर्दै, सिकाईका अनेकौं चरण पार गरिसकेको छ ।
यस बिचमा कम्पनिले सहकारी तथा वित्तीय क्षेत्रकालागि डिजिटल रुपान्तरणमा उल्लेखनीय भूमिका निर्वाह गर्दै जिम्मेवार कम्पनिका रुपमा स्थापिता गरेको छ । एउटा सानो सोचबाट विजारोपण भएको यस कम्पनि आज नेपालको अग्रणी सूचना प्रविधि (आईटी) कम्पनीको रूपमा स्थापित हुन सफल भएको छ।
तत्कालीन समयमा कम्पनीका संस्थापक तथा वर्तमान कार्यकारी प्रमुख टंकप्रसाद अधिकारी पोखराको एक प्रतिष्ठित सहकारीमा कार्यरत रहँदा, त्यहाँ कर्जा लगानी प्रक्रियाहरू हाते प्रकृया (कागजी रुपमा) बाट सञ्चालित थिए । व्यवस्थापनको दृष्टिकोणले हेर्दा, कर्जा तथा कागजातहरूको समुचित र व्यवस्थित प्रणालीको अभाव प्रष्टै देखिन्थ्योे ।
त्यो समस्या समाधान हेतु सफ्टवेयरको आवश्यकता महसुस भयो र ब्यवस्थापन प्रमुख अधिकारीले एउटा सामान्य खालको ‘कागजात जेनेरेटर’ सफ्टवेयर तयार गराए । शुरुवातमा यो सफ्टवेयर केवल आफ्नो सहकारीमा मात्र प्रयोग गरियो । यसको उपयोगिता देखेर अन्य सहकारी संस्थाहरूले पनि माग गर्न थाले ।
सहकारीको बढ्दो मागसँगै, सफ्टवेयरलाई अझ परिष्कृत बनाउने र डिजिटल भुक्तानी प्रणालीलाई समेत समेट्ने उद्देश्यका साथ “आकाश डिजिटल पेमेन्ट प्रालि” को स्थापना भयो । त्यस समयमा सफ्टवेयरमा सेवाकेन्द्रको सुविधा नरहेकाले थप संस्थागत विस्तारको सम्भावना सीमित थियो ।
त्यसैले सफ्टवेयरको अर्को संस्करण विकास गरियो, जसमा शाखा कार्यालयहरू समेट्न सक्ने क्षमतासहितको प्रणाली समावेश गरियो । यो नयाँ सफ्टवेयर संस्करण करिव तीन वर्षसम्म केही सीमित संस्थाहरूले प्रयोग गरे, जसले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्यो ।
हाल कम्पनीमा डेभलपमेन्ट, सेल्स, मार्केटिङ, ग्राहक सेवा लगायतका विभागहरूमा गरी २० जना दक्ष र ऊर्जाशील कर्मचारीहरू कार्यरत छन् । उनीहरूको समर्पण र मेहनतले कम्पनीलाई अझ मजबुत बनाउँदै लगेको छ । कम्पनीले आगामी दिनहरूमा वित्तीय क्षेत्रको सम्पूर्ण कागजात प्रक्रिया निर्माणलाई स्वचालित (Automated) र रोबोटिक प्रणाली मार्फत सञ्चालन गर्ने दिर्घकालीन योजनामा काम गरिरहेको छ ।
त्यसैगरी ०७७ सालमा कम्पनीको लागि अर्को महत्वपूर्ण मोड आयो । पोखराका म लगायत व्यवसायी सुवास आचार्यसँग सहकार्यको प्रस्ताव आयो, यस सहकार्यसँगै कम्पनीको पुँजी वृद्धि भयो र नाम पनि परिवर्तन गर्दै “आकाश डिजिटल प्रालि” को नयाँ परिचय स्थापित गरियो । यो रुपान्तरणसँगै कम्पनीले नयाँ सोच, दृष्टिकोण र ऊर्जाशील टिमसहित आफ्नो दोस्रो चरणको यात्रा प्रारम्भ गर्याे ।
नयाँ व्यवस्थापनले कम्पनीलाई थप व्यवस्थित बनाउने उद्देश्यले कानुनी, वित्तीय, तथा प्राविधिक सल्लाह प्रदान गर्न विभिन्न क्षेत्रका विज्ञहरू सहितको सल्लाहकार समिति गठन गर्यो । सहकारी क्षेत्र, बैंकिङ क्षेत्र र आइटी क्षेत्रमा अनुभव प्राप्त व्यक्तिहरूको समावेशी टिम तयार भएपछि कम्पनीले रणनीतिक योजना, उत्पादन विकास र बजार विस्तारमा उल्लेखनीय सफलता हासिल गर्न थाल्यो ।
यस अवधिमा कम्पनीको पुरानो सफ्टवेयर “कागजात जेनेरेटर” लाई नयाँ पहिचान दिँदै “Aakash LMS” नामाकरण गरियो । हाल “Aakash DMS“ को नाम बाट परिचित छ । यो केवल नाम परिवर्तन मात्र थिएन, योत एक परिपक्क उत्पादनको संकेत थियो । जसमा कर्जा व्यवस्थापन प्रणालीका विभिन्न तहहरू समावेश गरिए । यस प्रणालीले सहकारीहरूको आन्तरिक कामकाजलाई सरल, छरितो र पारदर्शी पनि बनायो ।
कम्पनीको गति र संस्थाहरूको विश्वासलाई अझ मजबुत पार्दै, कम्पनीले कर्जा तथा कागजात व्यवस्थापनलाई एकीकृत रूपमा समेट्ने सफ्टवेयर विकास गर्यो । यस प्रणालीले सहकारी संस्थाहरूलाई कर्जा डिमान्ड देखि लिलाम सम्म कागजात निर्माण र रिपोर्टिङसम्मको सम्पूर्ण प्रक्रिया एकै ठाउँमा सहज बनाइदियो ।
त्यसैले ०८१ सालमा कम्पनीले गण्डकी प्रदेशको उत्कृष्ट आइटी कम्पनीको रूपमा “ICT Award” प्राप्त गर्यो । यो सम्मान केवल कम्पनीका लागि मात्र नभएर सम्पूर्ण सहकारी तथा वित्तीय क्षेत्रका लागि पनि उपलब्धी बन्यो । पुरस्कार प्राप्त हुँदा कम्पनी ले ४ सय भन्दा बढी सहकारी संस्थाहरूको विश्वास जितिसकेको थियो, जुन कम्पनीको प्रभावशाली विस्तार र उपयोगिताको प्रमाण थियो ।
त्यसैगरी ०८२ सालमा, कम्पनीले गुणस्तर व्यवस्थापन प्रणालीका लागि विश्वव्यापी मान्यताको रूपमा “ISO 9001:2015” प्रमाणपत्र प्राप्त गर्यो । यस उपलब्धिले कम्पनीको व्यवसायिक क्षमतालाई अझ विश्वासिलो बनाउँदै, अन्तर्राष्ट्रिय मापदण्डमा काम गर्ने संस्थाको रूपमा नयाँ पहिचान स्थापित गरायो ।
हाल कम्पनीमा डेभलपमेन्ट, सेल्स, मार्केटिङ, ग्राहक सेवा लगायतका विभागहरूमा गरी २० जना दक्ष र ऊर्जाशील कर्मचारीहरू कार्यरत छन् । उनीहरूको समर्पण र मेहनतले कम्पनीलाई अझ मजबुत बनाउँदै लगेको छ । कम्पनीले आगामी दिनहरूमा वित्तीय क्षेत्रको सम्पूर्ण कागजात प्रक्रिया निर्माणलाई स्वचालित (Automated) र रोबोटिक प्रणाली मार्फत सञ्चालन गर्ने दिर्घकालीन योजनामा काम गरिरहेको छ ।
हाम्रो यो यात्रा सम्भव बनाउन साथ दिने सम्पूर्ण ग्राहक महानुभावहरू, शुभचिन्तकहरू, सल्लाहकारहरू, साझेदारहरू र समर्पित कर्मचारीहरूप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं । हामी आशा गर्दछौं कि आगामी दिनहरूमा पनि यस्तै साथ, समर्थन र विश्वास हामीप्रति कायम रहनेछ ।
Leave a comment