काठमाडौं । आज अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस (आइसीयू डे) विविध कार्यक्रम गरी विश्वभर मनाइँदैछ । ‘सहकारी वित्तमार्फत एक विश्व’ थिमका साथ आज ७६ औं आइसीयू डे मनाइएको हो । विश्वभरका बचत तथा ऋण सहकारी अभियानले प्रत्येक अक्टोबरको तेस्रो विहीबार अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस मनाउँदै आएका छन् ।
विश्वका १०४ मुलुकमा ७४ हजार ६ सय ३४ क्रेडिट युनियन र ४१ करोड १० लाख ८ हजार बढी मानिस आबद्ध रहेको विश्व ऋण परिषद् (ओकू) ले सार्वजनिक गरेको छ । त्यसैगरी अभियानको कुल सम्पत्ति ३.७ ट्रिलियन अमेरिकी डलर रहेको छ । अघिल्लो वर्ष भने ९८ मुलुकका ८२ हजार ७ सय ५८ क्रेडिट युनियनमा ४० करोड ३९ लाख ७६ हजार ४९ मानिस आबद्ध थिए ।
आइसीयू डे–विश्वभरका वित्तीय सहकारीहरुले उत्सवकै रुपमा विभिन्न प्रतियोगिता, जनचेतनामूलक कार्यक्रम, सामाजिक क्रियाकलापहरु, शिक्षाप्रद कार्यक्रमहरु, स्वयंमसेवी क्रियाकलापहरु संचालन गरी मनाउने गर्दछन्। यस वर्ष पनि ओकूले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लगायत विभिन्न मुलुकका वित्तीय सहकारीका शीर्ष संघहरुसँगै प्रारम्भिक संस्थाहरुले विविध कार्यक्रम गरी आइसीयू डे मनाएका छन्।
सन् १९२७ जनवरी १७ मा अमेरिकाको म्यासाचुसेट्सको क्रेडिट युनियन लिगले सदस्यहरु र कामदारहरुको लागि बचत प्रेरक Benjamin Franklin को जन्मदिनको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस मनाएको थियो, तर त्यसले निरन्तरता पाएन ।
त्यसपछि सन् १९४८ को अक्टोबर तेस्रो विहिबारका दिन “अबको समय बचत तथा ऋण सहकारीहरू मार्फत राम्रो संसार निर्माण गर्ने हो” भन्ने थिमका साथ अमेरिकाको -Credit Union National Association- CUNA (xfn Americas Credit Unions) र CUNA Mutual Insurance ले क्रेडिट युनियन दिवस मनाउने निर्णय गरे ।
तत्पश्चात अमेरिकी साकोस अभियन्ताहरुले यसको इतिहास र उपलब्धिहरु प्रतिविम्बित गर्न तथा साकोसमैत्री वातावरण निर्माण तथा प्रवर्धनका लागि मानिसहरुलाई एकसाथ जोड्नु पर्छ भन्ने आवश्यकता रहेको रहेको महसूस गरे । त्यसले गर्दा क्रेडिट युनियनहरुलाई कुनै कुनै रुपमा दिवस मनाउन प्रेरित गर्यो ।
सन् १९५० मा CUNA sf] World Extension Department ले विश्वभरका साकोसको विकासको लागि प्राविधिक सहयोग र सैद्धान्तिक मार्गनिर्देशन प्रदान गर्यो । सन् १९६४ सम्म CUNA International को सहयोगमा धेरै देशहरुमा क्रेडिट युनियनहरु स्थापना भए । यसरी हरेक वर्ष अक्टोबरको तेस्रो विहीबारलाई अन्तराष्ट्रिय क्रेडिट युनियन दिवसको रुपमा मनाउन थालिएको हो।
Leave a comment