हाइलाइट

श्री लालीगुराँस सहकारीका सदस्यलाई बचतसँग सम्बन्धित प्रमाणहरु सुरक्षित राख्न ब्यवस्थापन समितिको अनुरोध

श्री लालीगुराँस सहकारीका सदस्यलाई बचतसँग सम्बन्धित प्रमाणहरु सुरक्षित राख्न ब्यवस्थापन समितिको अनुरोध :: Sahakari Akhabar

काठमाडौं । श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारीका सदस्यलाई बचतसँग सम्बन्धित सम्पूर्ण प्रमाणहरु सुरक्षित राख्न समस्याग्र्रस्त सहकारी ब्यवस्थापन समितिले अनुरोध गरेको छ । समितिले सूचना प्रकाशित गरी बचतकर्ताहरुले बचतसँग सम्बन्धित सम्पूर्ण प्रमाणहरु सुरक्षित राखी समितिबाट मागदावी निवेदन आवेदनको सूचना जारी भएपछी समिति समक्ष निवेदन पेश गर्नु भनेको छ । समितिले सञ्चालक तथा कर्मचारीले सो सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरु समितिलाई बुझाई कार्यालय बन्द गर्नुको साथै कुनै पनि कारोवार नगर्नु नगराउन भनेको छ ।

सूचनामा सञ्चालक र कर्मचारीले समितिमा उपस्थित भइ आवश्यक सहयोग गर्न, ऋणी सदस्यहरुले समितिमा सम्पर्क राखि ऋण भुक्तानी गर्न तथा साविक सञ्चालक कर्मचारीसंग भुक्तानी सम्बन्धी कारोवार नगर्न पनि अनुरोध गरेको छ ।

समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समितिको कार्यालयसँग मात्र काम कारवाही गर्न समितिको आग्रह छ । संस्थालाई सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चैत्र २९ को निर्णयबाट समस्याग्रस्त घोषणा गरेको थियो ।

यो पनि पढ्नुहोला

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा



Leave a comment