हाइलाइट

प्रोवेसन ब्राण्डको दुरुपयोग नगर्न नेफ्स्कूनको अनुरोध

प्रोवेसन ब्राण्डको दुरुपयोग नगर्न नेफ्स्कूनको अनुरोध :: Sahakari Akhabar

काठमाडौं । प्रोवेसन ब्राण्डको दुरुपयोग नगर्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सूचना जारी गरेको छ ।

नेफ्स्कूनले हरेक वर्ष सदस्य संस्थाहरुलाई प्रदान गर्दै आएको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) ब्राण्डको दुरुपयोग हुनसक्ने भन्दै त्यसो नगर्न ब्राण्ड प्राप्त संथालाई सूचना जारी गरेको छ ।

संघले सूचना प्रकाशन गरी कार्यक्रममा सहभागी बचत तथा ऋण सहकारी संस्थाहरुले उक्त ब्राण्ड प्राप्त नगरी वा ब्राण्डको अवधि पुरा भईसकेपछि आफ्ना प्रवर्धनात्मक सामाग्रीहरु वा दृश्य सामाग्रीमा समावेश गरेको पाईएको जनाएको छ।

सूचनामा प्रतिक प्रदान गर्दा दिईएको समयसीमा भित्र मात्र उक्त सफलताको प्रतिक समावेश गर्न वा अघिल्ला बर्षहरुमा प्राप्त गरेको भए, प्राप्त गरेको साल उल्लेख गर्न भनेको छ । 

सूचक निर्माण कार्यमा सहकारी विभागको सहकार्य एवं प्राविधिक सहयोग रहेको र ७८ साल असार २१ गते उद्योग विभागबाट प्रतिकको ट्रेडमार्क प्रमाणपत्र समेत प्राप्त गरेको जनाएको छ ।

संघले सहभागी बचत तथा ऋण सहकारी संस्थाहरुले उक्त ब्राण्ड प्राप्त नगरी वा ब्राण्डको अवधि पुरा भईसकेपछि आफ्ना प्रवर्धनात्मक सामाग्रीहरु वा दृश्य सामाग्रीमा समावेश गरेको पाईएकोले प्रतिक प्रदान गर्दा दिईएको समयसीमा भित्र मात्र उक्त सफलताको प्रतिक समावेश गर्न भनेको छ । त्यसैगरी अघिल्ला बर्षहरुमा प्राप्त गरेको भएको प्राप्त गरेको साल उल्लेख गर्न भनेको छ ।

नेफ्स्कूनले प्रदान गर्दैआएको प्रोवेसन र एक्सेस ब्राण्डको दुरुपयोगका बारेमा सहकारी अखबारले २०८० साल भाद्र २७ गते समाचार प्रकाशन गरेको थियो । यो वर्ष प्रोवेसनमा आवद्ध संस्थाहरु मध्ये ४ वटा तथा एक्सेसमा आवद्ध संस्था मध्ये २ वटाले ब्राण्ड पाएका थिए ।

अघिल्लो समाचार हेर्नुहोला । ब्राण्डको प्रयोग सम्झौता विपरित

एक्सेस ब्राण्ड पाउने संस्थाहरुको संख्या घटेपनि अघिल्ला वर्षहरुमा पाएका संस्थाहरुले सम्झौता विपरित गलत प्रयोग गरेका छन् । अक्कुले एक वर्षका लागि मात्र प्रमाणीकरण गरेपनि संस्थाहरुले अहिले पनि एक्सेस ब्राण्ड प्राप्त भएको भन्दै प्रचार गर्ने गरेका छन् ।

‘ब्राण्डको सम्झौतामै एक वर्षका लागि भनेर अवधि तोकिएको हुन्छ’ स्रोतले भने, ‘एकपटक पाएको ब्राण्डलाई सधै प्रचारप्रसाद गर्न सम्झौता विपरित हो ।’ ब्राण्डको दुरुपयोग रोक्नु नेफ्स्कूनको जिम्मेवारी भएपनि यतातर्फ चासो दिएको छैन्।



Leave a comment