हाइलाइट

नेपालको अर्थतन्त्रमा सहकारीको भूमिका 

नेपालको अर्थतन्त्रमा सहकारीको भूमिका  :: Sahakari Akhabar

नेपालको अर्थतन्त्रमा ठूलो भूमिका खेलेको संस्था मध्ये एक हो सहकारी । बैंकको पहुँच नपुगेका ठाउँ र नागरिकको लागि ऋण लगानी गरी यसले ठूलो भूमिका निर्वाह गरेको छ ।

साहुको चर्को ब्याज तिर्ने झन्झट र तनावबाट पनि मुक्त गरेको छ । यस्तो अवस्थामा राज्यले सहकारीहरूबाट चर्को कर असुल्दै समेत आएको छ । तर राज्यको सहयोग भने सहकारीहरूले आजसम्म केही पनि पाएका छैनन् ।

केहि सहरमुखी सहकारीले गलत गरेका पनि छन । तिनलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुको सट्टा समुदायमा आधारित राम्रा संस्थाहरूलाई झनै अप्ठ्यारोसमेत पारेको छ ।

नेपाल अधिराज्यभरी पालिकाहरूमा सहकारीलाई प्रत्यक्ष निगरानी गर्नको लागि राज्यको सरोकार केन्द्रको रूपमा सहकारी विभाग छ उक्त विभागले कुनै अध्ययन अनुसन्धान नगरिकन केन्द्रका सहकारीलाई या बाहिरका सहकारीलाई राजस्वको सानो लोभमा जथाभावि सेवाकेन्द्र खोल्न स्विकृती दिनाले झन सहकारीमा संकट उत्पन्न भएको छ ।

राज्यको र नेताको पहुँचमा रहेका केहि त्यस्ता संचालक हरूको बदमासिले गर्दा आज अन्य राम्रो सहकारी संस्थालाई पनि थप असर परेको छ। आज जुन सहकारी आर्थिक हिनामिना गरेर सदस्बाट फरार भएका छन् ।

ति सहकारी पनि सहकारी बिभागले संचालनको लागि स्वीकृती दिई प्रत्यक्ष निगरानी राखेको हुन्छ तर सदस्यलाई संकट पर्दा भने जवाफदेहिता समेत हुदैन यसमा त्यस्ता सहकारी र सरकारकै सरोकारवाला सहकारी विभागको पनि केहि हदसम्म मिलेमतो हुनसक्ने कुरा सदस्यहरूबाटै आवाज समेत आउने गरेको छ ।

राज्यले सहकारीको समस्या सुल्झाउन तर्फ भन्दा पनि सहकारी निगरानीको नाममा समुदायमा आधारीत राम्रा सहकारीलाई पनि झन चुनौती र समस्या थप्दै गईरहेको छ ।

त्यस्ता समुदायमा आधरीत सदस्यलाई प्रत्यक्ष सुविधा प्रदान गरेका सहकारीबाट बर्षमा अरबौ रूपैया भन्दा बढि कर लिनेगरेको त्यस्ता सहकारीलाई व्यवस्थित र राज्यले दिनुपर्ने सहयोग र सुरक्षा र ऋण असुलिमा साथ दिनु पर्नेमा राज्य आफै राजनिति अस्थिरतामा रूमलिएको छ ।

सहकारीहरूको संरक्षणका निम्ति बनेका सहकारीका छाता संगठन पनि राजनितिक भातृ संगठन जस्तो भएको छ भने उक्त संगठनका सहकारी अभियन्ताहरू अभियन्ताको नाममा चर्को भाषण गर्ने र सस्तो लोकप्रियताको लागि आफ्नै प्रचारमुखि मात्र भएका छन् ।

समुदायमा आधारीत सहकारीलाई परेको ठुलो जोखिम ऋण समस्या तथा राज्यको दोहोरो कर प्रणालीको बारेमा एकशव्द चुईक्क बोल्न समेत हिचकिचाउछन् बर्षभरी सहकारीको समस्या र चुनौती लाई मध्यनजर नगरेका सहकारी संगठनका केहि नेताहरू अहिले अधिबेशनका बेला जुरमुराउन थालेका छन् ।

आजसम्म कानमा तेल हालेर निदाएको संगठन र संगठनका लिडरहरू यो अधिवेशनको महिना हुनाले बल्ल निन्द्राबाट झस्किएका छन्, आज सहकारीको समस्यामा र सहकारीलाई परेको संकटमा नबोलेका हरू भोली कुनमुखले तिनै सहकारीसँग भोट माग्न आउछन् त्यो त हेर्न बाँकि छ ।

समुदायमा आधारीत सहकारी यस्ता चुनौतीको बाबजुत पनि गाउँ र समुदायमा केही उत्कृष्ट सहकारी छन् । यस्ता सहकारीले  प्रत्यक्ष सदस्यको सुविधालाई मध्येनजर गर्दै आवश्यकता, चाहना र ऋण तथा अन्य ज्ञान सिपको र आर्थिक सन्तुष्टि पुरा गरेका छन् ।

त्यस्ता सहकारी मध्ये चितवनको भरतपुर महानगरपालिकाको चितवन जिल्ला बचत तथा ऋण सहकारी संघले पुँजीका आधारमा प्रथम पुरस्कार पुरस्कृत गरेको संस्था मध्ये नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था । सदस्यलाई हितमा निकै राम्रो गरेको पाईयो ।

युवा तथा स्वरोजगार मन्त्रालयमार्फत आएको नेपाल विकास अनुसन्धान प्रतिष्ठानले अनुगमनका क्रममा चितवनको बचत तथा ऋण सहकारीहरू मध्ये सबैभन्दा उत्कृष्ट, पारदर्शी र छिटोछरिटो सेवा रहेको ठहर गरेको छ ।

त्यसैले आफ्नो बचत तथा लगानि सुरक्षित तथा ऋणमा कम ब्याज तथा बचतमा उत्कृष्ट ब्याज रहेकाले उक्त क्षेत्रको समुदाय र सदस्यको पहिलो रोजाईमा पनि परेको पाईयो ।



Leave a comment