चीना थापा, विराटनगर । राजसति सहकारीकी सदस्य (नं. ५४३) बुढीगंगा १ गंगा चोककी जानुका थापा सिलाई कटाई ट्रेनिङ सेन्टर सञ्चालक गर्दै आएकी छन् । उनले २०६५ सालमा नै सिलाईकटाई सिकेकी हुन् । काम पनि गर्दै आएकी थिईन् ।
२०७२ सालबाट चाहि आधिकारिक रुपमा दर्ता गरेर सञ्चालन गर्दै आएकी छिन् । उनी अहिले आफूमात्र हैन अरुलाई पनि सिकाउने काम गर्छिन् । अहिले उनको सिलाईकटाई सेन्टरमा सिक्न आउने पाँच जना छन् । उनकोमा नै सिकेर धेरैले आफै सिलाईकटाई व्यवसाय पनि सञ्चालन गरिरहेका छन् ।
उनको व्यवसायलाई सफल बनाउन सहयोग गर्ने राजसति महिला बहुउदेश्यीय सहकारी हो । व्यवसायमा लगानी थप्नुपर्दा या व्यवसायका कारण अन्य कुरामा आर्थिक सहयोग सहकारीबाट नै हुन्छ । ‘ऋण लिन सजिलो छ, तिर्न पनि सजिलो छ’, उनले भनिन्, ‘थोरै थोरै गरेर तिर्दा थाहा नै नपाई ऋण तिरी सकिन्छ । बचत भईरहेको हुन्छ । सहकारी हाम्रो लागि सबैभन्दा भरपर्दो माध्यम बनेको छ ।’
त्यसैगरी राजसति सहकारीकै सदस्य (नं. ८८६) बुढीगंगा ३ बाँसबारीकी भद्रिका कटुवाल व्यवसायिक रुपमा च्याउ खेति गर्दै आएकी छिन् । सुरुवामा कुखुरा पालन गर्दै आएकी उनले केही बर्ष अगाडि देखि च्याउ खेति गर्दै आएकी हुन् ।
आफै केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसाय गर्न थालेकी उनको सारथी सहकारी बन्यो । सहकारीबाट ऋण लिदै उनले व्यवसाय बढाउँदै गईन । दुई ओटा कटेरोमा उनले च्याउ खेति गरेकी छिन् । एक पटकमा ३ सय किलो च्याउ उत्पादन हुन्छ । तीन ÷ तीन महिनामा च्याउ निकाल्ने गरेको उनले बताईन । बर्षमा ४ पटक तयारी च्याउ निस्कने गरेको उनको भनाई छ ।
घरबाट नै उत्पादिन च्याउ विक्री हुने गरेको छ । बाँकी रहेको बजारमा लगेर विक्री गर्ने गरेको र केही सहकारी संस्थामा नै आएर लिने गरेको उनले बताईन । कटुवाल सहकारीमा आवद्ध भएको दुई बर्ष भयो । अहिले उनलाई ढिलो सदस्य भएछु भनेर पछुतो छ ।
पहिला उनलाई व्यवसायमा लगानी बढाउन खोज्दा बैंकमा जाँदा ऋण नपत्याउने र अन्त नपाईने कारणले व्यवसाय बढ्न पनि सकेको थिएन । सहकारीमा आवद्ध भएपछि उनको व्यवसाय बढेको छ । उनले सजिलै ऋण पाउने गरेकीछन् । सहकारी मार्फत उनले १ लाख ६० हजार युवा स्वरोजगार कोषको रकम ऋण पाएकी छन् ।
‘आफ्नो बचत भईरहने, त्यसमाथि ऋण लिन सजिलो हुने, उनले भनिन्, ‘पहिला थाहा भएन, पछि अरु साथिहरुको देखेपछि म पनि सहकारीमा आवद्ध भएकी हुँ । अहिले लाग्छ म ढिलो भएछु । अगाडि नै आवद्ध हुन सकेको भए यतिखेर व्यवसाय झन ठूलो बनाउन सक्थे । ढिलो भएपनि आवद्ध हुन पाएकोमा खुसी छु ।’
‘हामी महिलाहरुको लागि त सहकारी एकदमै राम्रो हो । म त अरु महिलाहरुलाई पनि सहकारीमा आवद्ध नहुनुभएको भए हुन आग्रह गर्दछु । तर, कस्तो खालको हो बुझेर मात्र आवद्ध हुनुहोला भन्न चाहन्छु । राजसति सहकारी महिलाहरुले मात्र सञ्चालन गरेको सहकारी हो र महिलाको आर्थिक विकासमा धेरै सहयोग गरेको सहकारी पनि हो । सहकारीकै कारण आज मैले व्यवसाय बढाँए । एक दुई जनालाई रोजगारी पनि दिन सके। राजसति सहकारी हाम्रो लागि दुःख सुःखको साथि हो ।’
राजसति महिला बहुउद्देश्यीय सहकारी संस्थाकी शेयर सदस्य (नं. २८८) अन्जु राई बस्नेतले सिलाईकटाई तथा झोला बनाउने काम सुरु गरेको लामो समय भयो । २५ बर्षलेखि सिलाईकटाईको काम गर्दै आएको भएपनि आज भन्दा १९ बर्ष अगाडी सहकारीबाट १ लाख ऋण लिएर उनले व्यवसायिक रुपमा आफ्नो पेशालाई अगाडि बढाएकी हुन ।
आफूलाई आवश्यक परेको खण्डमा सजिलो र भरपर्दो ऋण लिने ठाउँ सहकारी नै भएको उनले बताईन । साना व्यवसायिलाई बैंकले नपत्याउने र ऋण लिने प्रक्रिया पनि झन्झटिलो हुने भएकाले सहकारी नै आफुहरुको दुःख सुःखको साथि भएको उनको भनाई छ ।
मोरङ बुढीगंगा गाउँपालिकाको गंगाचोकमा १ लाख लगानीमा सुरु भएको व्यवसायिक सिलाईकटाई व्यवसायलाई अझै अगाडि बढाउन उनले विगत १० बर्षदेखि झोला बनाउने काम पनि गर्दै आएकी छिन् । उनले पहिला कपडाहरु सिलाउने काम गर्ने गरेकी थिईन । पछि सहकारीबाट सहयोग भएपछि र झोलाबाट नै फाईदा हुने भएपछि उनले झोला बनाउने काम सुरु गरेकी हुन ।
उनले ४ जना महिलाहरुलाई रोजगारी पनि दिईएकी छिन् । उनी झोला बनाउने तालिम पनि दिन्छिन् । स्थानीय तह तथा विभिन्न संघ संस्थाले आयोजना गरेको तालिममा आफू प्रशिक्षकको रुपमा जाने गरेको उनले सुनाईन् । आकर्षक हाते झोला उत्पादन गर्दै आएकी उनले अहिले झोला विक्रीको लागि आरके महल हाटखोलामा पनि राखेकी छन् ।
उनले उत्पादन गरेका झोला आकर्षक देखिने भएकाले विक्रीको लागि विराटनगरको सेन्ट्रलमहल लगायतका महलहरुमा राख्ने सोचमा उनी छिन् । उनले उत्पादन गरेका ब्याग अनलाईन तथा फेसबुकबाट पनि विक्री हुने गरेको छ भने विभिन्न मेला तथा पर्दशनी स्थलमा पनि राख्ने गरेकी छिन् । सबै किसिमका व्याग बनाउने भएकाले बजारको समस्या नभएको उनले बताईन ।
आर्थिक रुपमा महिलाहरु सक्षम बन्नुपर्छ भन्ने उदेश्यले सहकारीले महिला सदस्यहरुलाई व्यवसाय गर्न प्रोत्साहन गरिरहेको छ ।सहकारीले शेयर सदस्यहरुलाई आवश्यक पर्ने तालिम प्रदान गर्ने गरेको सहकारीकी अध्यक्ष तारा देवी राईले बताईन । ‘सदस्यले कस्तो खालको तालिम चाहन्छन्, उनीहरुको इच्छा हामी टिपोर्ट गछौं र त्यहि अनुसारको तालिम व्यवस्थापन गछौं’, उनले भनिन्, तालिम लिएकाहरुलाई सिप व्यवहारमा उतार्न प्रोत्साहन गर्छौं । हामीले सिकाएको सिप त्यसै खेर नजाओस् भन्ने हाम्रो उदेश्य हो ।’
त्यस्तै राजसति सहकारी संस्था लिं. की सदस्य (नं. २८८) टंकीसिनवारी २ की भगवती कुमारी तबदार १८ बर्षदेखि सिलाई कटाई व्यवसाय गर्दै आएकी छिन् । उनको व्यवसाय देखि छोरा छोरीको शिक्षाको सारथी पनि सहकारी नै बनेको छ । उनले धेरै समय साथीसँग साझेदारीमा व्यवसाय सञ्चालन गरिन् । पछि आफु एक्लैले सुरुवात गरिन ।
उनी अरुलाई सिलाईकटाई सिकाउने काम पनि गर्छिन । प्रशिक्षकको रुपमा धेरैलाई तालिम पनि दिईसकेकी छिन् । उनले तालिम दिएका धेरै अहिले स्वरोजगार भएका छन् । नबदुर्गा सिलाई कटाई प्रशिक्षण केन्द्र रुपमा २०७८ सालमा आधिकारि रुपमा दर्ता गरेर उनले आफ्नो व्यवसाय विस्तार गरेकी हुन् । उनले जुत्ता चप्पल बनाउने तालिम पनि प्राप्त गरेकी छिन् ।
सहकारीबाट ऋण लिएर उनले आफ्नो छोराछोरीको पढाई सकाईन । व्यवसायबाट नै ऋण पनि तिरिसकिन । उनले १ जनालाई रोजगारी दिईएकी छिन् भने ६ जनालाई सिलाई कटाई सिकाईरहेकी छिन् । सहकारीले ऋण लिने बैंकको झन्झटिलो प्रक्रिया उनले बेहोर्नु परेको छैन् । सरल र सहज किसिमले सहकारीबाट ऋण लिएर उनले सबै काम गरेकी छिन् । सहकारी जस्तो भरपर्दो उनलाई अरु लाग्दैन ।
राजसती महिला बहुउदेश्यीय सहकारीकी शेयर सदस्य (नं. ८७२) बुढीगंगा ३ की शान्ती कुमारी थारु सफल महिला व्यवसायि हुन् । उनले २०७६ सालदेखि दिदी बहिनी कृषि फार्म सञ्चालन गरिरहेकी छिन् । उनको फार्ममा च्याउ, माछा, कुखुरा र बंगुर रहेका छन् । उनको फार्मबाट उत्पादित वस्तुहरु बुढीगंगा, विराटनगर इटहरी लगायतका क्षेत्रमा विक्री वितरण हुने गरेका छन् ।
उनको पनि व्यवसाय बढाउन सहयोग गरेको सहकारीले नै हो । सहकारीबाट ऋण लिएर उनले आफ्नो व्यवसाय बढाउँदै गएकी छिन् । एक दुई जनालाई रोजगारी पनि दिईएकी छिन् । अझै फर्म बढाएर व्यवसाय बढाउने र रोजगारी सिर्जना गर्ने उनको लक्ष्य छ । उनले फार्मबाट मनग्य आम्दानी पनि गरिरहेकी छिन् ।
माथि उल्लेखित पाँच जना महिला व्यवसायि बाहेक सहकारीले धेरै महिलाहरुलाई स्वरोजगार बनाएको छ । आर्थिक रुपमा महिलाहरु सक्षम बन्नुपर्छ भन्ने उदेश्यले सहकारीले महिला सदस्यहरुलाई व्यवसाय गर्न प्रोत्साहन गरिरहेको छ ।
सहकारीले शेयर सदस्यहरुलाई आवश्यक पर्ने तालिम प्रदान गर्ने गरेको सहकारीकी अध्यक्ष तारा देवी राईले बताईन । ‘सदस्यले कस्तो खालको तालिम चाहन्छन्, उनीहरुको इच्छा हामी टिपोर्ट गछौं र त्यहि अनुसारको तालिम व्यवस्थापन गछौं’, उनले भनिन्, तालिम लिएकाहरुलाई सिप व्यवहारमा उतार्न प्रोत्साहन गर्छौं । हामीले सिकाएको सिप त्यसै खेर नजाओस् भन्ने हाम्रो उदेश्य हो ।’
सहकारीले यस बर्ष देखि तालिम लिएर व्यवसाय गर्ने र रोजगारी सिर्जना गर्ने सदस्यलाई सम्मान पनि गर्न सुरुवात गरेको छ । महिलाहरुको आयस्तर वृद्धि गर्नको लागि पनि सहकारीले प्रोत्साहन गर्न सुरुवात गरेको अध्यक्ष राईले बताईन ।
‘२२ औं बार्षिक साधारण सभाको अवसरमा सहकारीले उद्यम गरेर आर्थिक रुपमा आत्मनिर्भर भएका र अरुलाई पनि रोजगारी दिएर सिप पनि सिकाएका उद्यमी महिलालाई प्रोत्साहन स्वरुप पहिलो पटक सम्मान गर्न सुरु गरेको छ’ सहकारीकी सचिव तुलसा विष्टले भनिन्, ‘यसलाई अब हरेक बर्ष सम्मान गरिने सहकारीले जनाएको छ । जसले गर्दा महिलाहरुलाई सिप सिकेपछि केही गर्नुपर्छ भन्ने उत्साह जागोस् ।’
Leave a comment