हाइलाइट

टुगा आस्था बिकास बचतका सदस्यद्धारा रक्तदान

टुगा आस्था बिकास बचतका सदस्यद्धारा रक्तदान :: Sahakari Akhabar

बुटवल । टुगा आस्था बिकास बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले डेंगु रोग नियन्त्रण तथा रोकथाम अभियानलाइ सहयोगर्न रक्तदान कार्यक्रम गरेको हो ।

संस्थाले नियमित खुला रक्तदान कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको डेंगु रोग नियन्त्रण तथा रोकथाम अभियानलाइ सहयोग पुर्याउने उद्देश्यले संस्थाको केन्द्रीय कार्यालयमा खुला रक्तदान सम्पन्न गरेको छ ।

संस्थाले चौमासिक रुपमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको संचालन गर्दै आएको संस्थाका अध्यक्ष डीबि थापाले जानकारी दिए । ४२ पोइन्ट रगत संकलन गरिएको उक्त कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेल तथा सल्लाहकार एवं आधारभूत स्वास्थ्य चौकी तिलोत्तमाका प्रमुख गणेश गौतमलगायतको सहभागीता रहेको थियो ।

संस्थाले नियमित रक्तदान कार्यक्रम आयोजना गर्नुको साथै आफ्ना शेयर सदस्यलाइ बिरामी हुँदा आवस्यकता बमोजिम निशुल्क रगतको व्यवस्थापन गर्दै आएको संस्थाका मुख्य प्रबन्धक लक्ष्मण कुमार थापाले बताए ।
 



Leave a comment