हाइलाइट

महागढीमाई नगरपालिकामा सहकारी अन्तक्रिया

महागढीमाई नगरपालिकामा सहकारी अन्तक्रिया :: Sahakari Akhabar

काठमाडौं । बारा जिल्लाको महागढीमाई नगरपालिकामा शुक्रबार सहकारी सम्बन्धी अन्तक्रिया छलफल कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अथिति नगरप्रमुख उपेन्द्र प्रसाद यादवले सहकारी क्षेत्र स्थानीय पुँजी प्रविधि परिचालन गर्ने व्यवसायिक एवं सामाजिक संस्था रहेको भन्र्दैै नगरपालिका क्षेत्राधिकारभित्र रहेका सहकारी संघ संस्थामा हालसम्म ठूला समस्या देखा नपरेको बताए ।

उनले भावी दिनमा समेत पारदर्शिता, जवाफदेहिता र आर्थिक अनुशासन कायम गरी कार्य गर्नुपर्ने कुरामा जोड दिए । प्रमुख प्रशासकीय अधिकृत एवं दर्ता अधिकारी भेषराज रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महागढीमाई नगरपालिका क्षेत्राधिकारभित्रका विभिन्न सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक र नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख समेत गरी ७० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमका अध्यक्ष रिजालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै ऋण लगानी र असुली तथा सहकारी संस्थाका शेयर सदस्य, सञ्चालक, लेखासुपरीवेक्षण समितिका पदाधिकारी र व्यवस्थापकको काम, कर्तव्य अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सहकारी शाखा प्रमुख प्रतिमा गुप्ताले सञ्चालन गरेको कार्यक्रममा विभिन्न सहभागीहरूले लामो समयपछि भएको यस्तो कार्यक्रमप्रति खुसी व्यक्त गर्दै ऋण लगानी, श्रण असुली, सहकारी व्यवस्थापन समेतका विषयमा जिज्ञासा, सुझाव राखेका थिए।



Leave a comment