हाइलाइट

कोशी प्रदेशका सात सहकारीको दर्ता खारेज, नामसहित

कोशी प्रदेशका सात सहकारीको दर्ता खारेज, नामसहित :: Sahakari Akhabar

विराटनगर । कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवाले सातवटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । रजिस्ट्रार भुपेन्द्र खनालका अनुसार लामो समयदेखि विवरण नबुझाई निष्क्रिय रहेका सहकारी संस्थालाई यसअघि ३५ दिन र त्यसपछि २१ दिनको सूचना जारीगरी अद्यावधिक हुन आग्रह गरिएको थियो ।

साथै, थप १५ दिनको सार्वजनिक सूचना प्रकाशित गरी खारेज नगर्नुपर्ने कारण पेश गर्ने अवसरसमेत दिइएको थियो । तर तोकिएको अवधिमा कुनै पनि संस्थाले कानुनी प्रक्रिया पूरा नगरेकाले प्रदेश सहकारी ऐन, २०७६ को दफा ५२ को उपदफा ९२० बमोजिम दर्ता खारेज गरिएको खनालले जानकारी दिए । दर्ता खारेजसँगै ती संस्थाको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको पनि उनले बताए ।

खारेज गरिएका सहकारी संस्थाहरूः

कोशीली बचत तथा ऋण सहकारी संस्था, बेलबारी–११, मोरङ
नवजागरण बहुउद्देश्यीय सहकारी संस्था, साविक मृगौलिया–५, मोरङ
नीलकण्ठ कृषि सहकारी संस्था, दुहबी–२, सुनसरी
आरोग्य स्वास्थ्य सेवा (अस्पताल) सहकारी संस्था, दुहबी–४, सुनसरी
जम्दी  महिला कृषक बचत तथा ऋण सहकारी संस्था, इटहरी–१९, सुनसरी
आदर्श कृषि सहकारी संस्था, इटहरी–१६, सुनसरी
तिनकुने महिला बचत तथा ऋण सहकारी संस्था, रामधुनी–८, सुनसरी



Leave a comment