वित्तीय क्षेत्रमा प्रयोग गरिने शब्द हो ‘ग्राहक’ । त्यसै गरी सहकारी क्षेत्रमा प्रयोग गरिने शब्द हो ‘सदस्य’ । राज्यले सहकारीलाई वित्तीय क्षेत्र नमाने पनि सहकारीमार्फत ८ खर्व बढीको कारोबार भएको देखिन्छ तर पनि सहकारी वित्तीय क्षेत्रको सूचीमा पर्न सकेको छैन ।
बैङ्क वित्तीय संस्था र सहकारी बाहेक अन्य क्षेत्रमा पनि यी दुई शब्दको प्रयोग हुन्छ । तर हामी आज बैङ्क वित्तीय संस्था र सहकारीमा प्रयोग हुने यी दुई शब्दका बारेमा कुरा गर्ने छौँ । बैङ्क वित्तीय संस्थासँग कारोबार गर्नुहुन्छ भने तपाई ग्राहक हो । सहकारीसँग कारोबार गर्नुहुन्छ भने तपाई सदस्य ।
तपाइलाई लाग्न सक्छ यसमा के फरक छ ? पैसा भए दुवै संस्थामा बचत गर्ने हो, आवश्यक परे ऋण लिने हो, सदस्य भए पनि ग्राहक भए पनि भन्ने सोच्नु भएको होला । तर दुवैमा धेरै फरक छ । ग्राहक सेवाग्राही हो, यानिकि पैसा तिरेर थोक वा सेवा उपभोग गर्छ । सहकारीको सदस्य मालिक हो ।
अनि ग्राहक ग्राहकमै सीमित हुन्छ, उसको त्यो संस्थाप्रति कुनै अहम् जिम्मेवारी हुँदैन । अधिकार वा कर्तव्य पनि हुँदैन । तर सहकारीका सदस्य भनेको आफू आबद्ध संस्थाको मालिक हो, संस्थाका हरेक क्रियाकलापमा सहभागिता रहिआएको हुनुपर्छ । हक अधिकार अनि कर्तव्य बराबरी हुन्छ र उत्तिकै जिम्मेवारी पनि ।
ग्राहक अरूमा भर पर्नु पर्छ भने सदस्यको आफ्नालागि आफै निर्णय गर्न सक्ने अधिकार हुन्छ । बैङ्क वित्तीय संस्था कालागि ग्राहक देवता होलान् पैसा जम्मा गरेसम्म तर सहकारी कालागि सदस्य भगवान् हुन चाहे पैसा जम्मा गरुन् वा नगरुन् । बैङ्क वित्तीय संस्थामा तपाइले बचत गरेको पैसामा उनीहरूको अधिकार हुन्छ लेना देना ब्याजको मात्र त्यो बाहेक अन्य सम्बन्ध रहन्न।
सहकारीमा ब्याजको मात्र हिसाब किताब हुन्न, भए पनि तपाइको निर्णयमा गतिविधि सञ्चालन हुन्छ । किनकि तपाई त्यस संस्थाको मालिक हो । तपाइले सहकारीमा सदस्य भएर कारोबार गर्दा ब्याज वा ऋण मात्र पाउनुहुन्न । तपाइले गरेको कारोबारको आधारमा तोकेको ब्याज, बचत र ऋण कारोबार गरेबापत संरक्षित पुँजी फिर्ता कोषबाट रकम फिर्ता, लाभांश अनि सम्मान र पुरस्कार पनि ।
सहकारीले सदस्यको मात्र नभएर समाजको हित हुने सामाजिक कार्य गर्दछ । त्यो तपाइलाई कुनै बैङ्क वित्तीय संस्थाबाट पाउन सक्नु हुन्न । त्यसैले त भनिन्छ मर्दाको मलामी र पर्दाको जन्ती हो सहकारी । तर के तपाई सदस्यले सहकारीबाट यी सबै सेवा सुविधा लिनुभएको छ त ? समाजमा सहकारीले आफ्नो भूमिका निभाएको छ त ? कतै सहकारीको पनि तपाई ग्राहक त हुनुभएको छैन ?
सहकारीलाई के सही सदुपयोग गर्नुभएको छ त ? के तपाई सदस्य नै हो त ? सदस्य हुने अवसर हुँदा हुँदै ग्राहक त हुनु भएको छैन ? सहकारीलाई ब्याज खाने संस्थाको रूपमा लिनुभएको छ र त्यस्तै व्यवहार गर्नु भएको पो छ की ! छ भने तपाइले आफूले आफैलाई ठगी रहनु भएको छ ।
सबै सदस्यले मिलेर संस्थालाई सहयोग गर्ने हो भने संस्था पनि रहने सदस्यले पनि सेवा लिन पाउने अनि सहकारी अभियानको पनि छवि उच्च हुने हो । त्यसैले सहकारी एउटा व्यक्तिको नभएर सम्पूर्ण सदस्यको बराबरी हक अधिकार कर्तव्य र दायित्व सहितको संस्था हो । यसलाई सहकारीकै रूपमा बुझौँ, बैङ्क वित्तीय संस्थाका रूपमा नबुझौँ ।
किनकि सहकारीबाट तपाइले पाउन सक्ने सेवा सुविधाबाट तपाई वञ्चित हुनुभएको छ । सहकारी व्यक्ति, समाज अनि राष्ट्र कालागि अपरिहार्य छ । सदस्यको भूमिका कमजोर हुनाले सहकारीले बाटो बिराएको हो ।
सदस्यमा सहकारी जागरण कमजोर छ, सहकारी चेतनाको कमी छ, सहकारीलाई हेर्ने नजर फरक छ, सहकारी शिक्षा कमजोर छ अनि सहकारी चेतना भएका सदस्यको बाहुल्यता पनि सानो छ । सदस्यमा सहकारी चेतना भएमा सहकारीमा समस्या आउने थिएन । भवितव्य आइहाले बचत फिर्ता कालागि एउटा संस्थामा नारा जुलुस र हुल हुने थिएन ।
सर्वप्रथम सहकारीका सदस्यले सहकारी भनेको के हो ? म सदस्य हुँ की ग्राहक, मेरो कर्तव्य के हो अधिकार र दायित्व के हो भन्ने बुझ्नु जरुरी छ । त्यसपछि म सहकारीको सदस्य किन भए मैले सहकारीलाई के दिन सक्छु र संस्थामा मेरो योगदान के हुनेछ, निक्र्यौल गर्नु भयो भने सहकारी समस्यामा पर्न सक्दैन ।
वर्तमान अवस्थामा हामी के गरिरहेका छौँ ? के त्यो सही वा गलत के हो छुट्टाउनु जरुरी छ । आफू सदस्य भएको संस्था कमजोर वा समस्यामा पर्यो भनेर संस्था घेर्ने, नारा जुलुस गर्नु भनेको आफैलाई कमजोर छु भनेर साबित गर्नु हैन र ? आफू मालिक भएको संस्था समस्यामा पर्यो भने आफैले जिम्मा लिन सक्नु पर्छ ।
अहिले आर्थिक मन्दी भएको समयमा केही सहकारीहरूमा तरलताको अभाव देखिएको छ, जसका कारण बचत फिर्ता गर्न नसकेको रोइलो बजारमा सुनिएको छ । यस्तो मन्दीको समयमा सहकारीहरूमा पनि तरलता अभाव हुनु स्वाभाविक हो यस्तो समयमा तपाइले हिजो संस्थाबाट लिएको सेवा सुविधालाई ध्यान राख्दै, मनन गर्दै अहिले सङ्कटमा संस्थालाई आफ्नो तर्फबाट सहयोग गर्नु कर्तव्य पनि हैन र ?
सबै सदस्यले मिलेर संस्थालाई सहयोग गर्ने हो भने संस्था पनि रहने सदस्यले पनि सेवा लिन पाउने अनि सहकारी अभियानको पनि छवि उच्च हुने हो । त्यसैले सहकारी एउटा व्यक्तिको नभएर सम्पूर्ण सदस्यको बराबरी हक अधिकार कर्तव्य र दायित्व सहितको संस्था हो । यसलाई सहकारीकै रूपमा बुझौँ, बैङ्क वित्तीय संस्थाका रूपमा नबुझौँ । सदस्य भएर कारोबार गरौँ ग्राहक भएर हैन । कि कसो ! जय सहकारी ।
Leave a comment