हाइलाइट

अक्कुमा नेफ्स्कून बैकल्पिक संचालक

अक्कुमा नेफ्स्कून बैकल्पिक संचालक :: Sahakari Akhabar

काठमाडौं । एसियाली ऋण महासंघ (अक्कु) मा नेपालको तर्फबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बैकल्पिक संचालकमा परेको छ । थाइल्याण्डको राजधानी बैंककमा बुधबार भएको साधारणसभामा नेपालको तर्फबाट नेफ्सकूनका अध्यक्ष परितोष पौड्यालले उम्मेदवारी दिएका थिए । तर, उनी निर्वाचनमा पराजित भई बैकल्पिक संचालकमा परेका हुन् । 

अक्कुको प्रावधान अनुसार उम्मेदवारी दिएकामध्येबाट सबैभन्दा कम भोट ल्याउने दुई जना बैकल्पिक संचालकको रुपमा छनोट हुने ब्यवस्था छ । तर, नेपाल र बंगलादेशको बराबर भोट भएपछि पुनः भएको निर्वाचनमा नेपाल एक नम्बर र बंगलादेश २ नम्बरको बैकल्पिकमा परेको हो । 

कार्यकाल समाप्त अगावै कुनै संचालकहरुले छोडेमा मात्र वैकल्पिक संचालकले काम गर्न पाउने ब्यवस्था छ । अक्कुको संचालकका लागि यसपटक नेपालबाट नेफ्स्कून अध्यक्ष पौड्यालसँगै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको समेत उम्मेदवारी परेको थियो ।

एउटा देशबाट २ वटा उम्मेदवारी दिन नपाउने ब्यवस्था भएकाले उप्रेतीले उम्मेदवारी फिर्ता लिएका हुन् । ‘यसअघि नेपालबाट नेफ्स्कूनको प्रतिनिधित्व भइसकेकाले यस पटक बैंकलाई अवसर दिन मैले अनुरोध गरेको थिए’ उप्रेतीले भने, ‘परितोषजीले नमानेपछि दुवै जनाको उम्मेदवारी खारेज हुने र देशकै बेज्जत हुने भएपछि मैले फिर्ता लिएको हुँ ।’

यस अघि नेपालबाट अक्कुमा ऋषिराज घिमिरे अध्यक्ष र मिनराज कडेल प्रथम उपाध्यक्षसम्म पुगेका थिए । साधारणसभाबाट अक्कुको अध्यक्षमा कोरियाका योनसुक किम पुनः निर्वाचित भएका छन् । यसै गरी थाइल्याण्डका डा. वीरा बोंगसान प्रथम उपाध्यक्ष, ताइवानका ली चुन फेन कुलेरोक द्धितिय उपाध्यक्ष, फिलिपिन्सका निकोलस एम भ्यालेन्टाइन सचिवमा र भारतका ओमप्रकाश कोयटे कोषाध्यक्षमा निर्वाचित भएका छन्।

यो पनि पढ्नुहोला

एक्सेसमा आवद्ध सहकारीमै सुशासन कमजोर रहेको अक्कुको टिप्पणी

सहकारीकर्मीको जम्बो टोली थाइल्याण्डबाट रित्तो हात फर्किदै



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000