सहकारीकर्मीको जम्बो टोली थाइल्याण्डबाट रित्तो हात फर्किदै 

सहकारीकर्मीको जम्बो टोली थाइल्याण्डबाट रित्तो हात फर्किदै  :: Sahakari Akhabar

काठमाडौं । देशमा विदेशी मुद्रा संचिती घटिरहेको र तरलता अभावले सहकारी क्षेत्रमा संकट बढिरहेका बेला सहकारीकर्मीको जम्बो टोली थाइल्याण्ड पुगेको छ । एसियाली क्रेडिट युनियन फोरम–२०२२ मा नेपालबाट ५६ जना सहकारीकर्मी सहभागी भएपनि मुख्य आकर्षण एक्सेस ब्राण्डका लागि नेपालका सहकारीको अडिट नै गर्न अक्कुले अस्विकार गरेपछि रित्तो हात फर्किनुपर्ने भएको हो ।

अक्कुले नेपालमा अन्तिम पटक सन् २०१९ का लागि २४ वटा सहकारीहरुलाई ब्राण्ड दिएको थियो । त्यसमध्ये विन्धवासिनी, जनकल्याण, जनसचेतन, जनउत्थान, किसानकल्याण, मनकामना, मिलिजुली कालिञ्चोक र सामुदायिक साकोसले सिल्भर ब्राण्ड पाएका थिए ।

यसैगरी बुडोल सामुदायिक, चण्डेश्वरी, दाम्रभिट्टा, गण्डकी, हाम्रो जनकल्याण, इटहरा, किसान, कोलिया देवदह, महिला, मध्यनेपाल, श्री बाराही, सिद्धिगणेश, सिको, उपकार र विकु साकोसले ब्रन्च ब्राण्ड पाएका थिए।

समाचार स्रोतका अनुसार नेफ्सकूनले यस वर्ष ब्राण्डका लागि ५ वटा साकोसको अडिट भेरिफिकेसनका लागि अक्कुमा पठाएको थियो । तर, सहकारीहरुको  संस्थागत सुशासन कमजोर भएको, रेगुलेसन मेकानिजम कमजोर रहेको टिप्पणी पठाउदै ब्राण्ड दिन अस्विकार गरेको हो । यस वर्ष फिलिपिन्सका दुई वटा सहकारीहरुले मात्र बाण्ड पाएको अक्कुले जनाएको छ ।

ब्राण्ड लिन भन्दै नेपालबाट प्रत्येक वर्ष ठूलो संख्यामा सहकारीकर्मी अक्कुको कार्यक्रममा सहभागि हुदै आएका छन् । तर, यसवर्ष ब्राण्ड नपाउने भएपनि प्रतिव्यक्ति २ लाख रुपैयाँ भन्दा बढि खर्चेर नेपालबाट ठूलो टोलि फोरममा सहभागी हुन थाइल्याण्ड गएको हो ।

टोलिमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंसहित १३ जना सहभागि छन् । त्यस्तै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याल र सिईओ प्रकाशप्रसाद पोखरेल सहित ४३ जनाको टोली फोरमा सहभागि भएको छ ।

अक्कुले फोरममा सहभागिताका लागि सुरुमा बैंक र नेफ्स्कूनलाई १५÷१५ जनाको कोटा दिएको थियो । तर, नेफ्स्कूनले भने कोटा बढाएको हो । प्रारम्भिक सहकारी संस्थालाई कार्यक्रममा सहभागि गराउदा नेफ्स्कूनले प्रतिव्यक्ति २५ हजार सेवाशुल्क उठाएर लाखौं आम्दानी समेत गरेको छ ।

अक्कुको सदस्य संस्था नेफ्स्कूनले सन् २००८ सालमा एक्सेस कार्यक्रम सुरु गरेको थियो । सुरुमा यस कार्यक्रम सहभागिताका लागि १५ वटा संस्थाहरुलाई ओरेन्टेसन गरेपनि ४ वटा संस्थामात्र कार्यक्रममा सहभागि भएका थिए । हाल यस कार्यक्रममा ५ दर्जन भन्दा बढि संस्थाहरु आवद्ध छन् ।



Leave a comment