Sahakari Akhabar

गाउँपालिका बाहेकमा बचत ऋण दर्ता बन्द गरेर मर्जर अभियान संचालन गरौं 

गाउँपालिका बाहेकमा बचत ऋण दर्ता बन्द गरेर मर्जर अभियान संचालन गरौं  :: Sahakari Akhabar

विश्वब्यापी रुपमा आर्थिक मन्दी देखिएको छ । भूकम्प, कोभिड–१९ जस्तै आर्थिक मन्दीको प्रभाव पनि महामारी जस्तै बढिरहेको छ । आर्थिक मन्दीका कारण अमेरिकाले ४० ब्याजदर बढाएको, भारतबाट समेत खबौं डलर रकम देशबाट  बाहिरएको समाचार आएको छ । यसबाट नेपाली अर्थतन्त्र पनि अछुतो छैन । नेपाली अर्थतन्त्रमा पनि आर्थिक मन्दीको प्रभाव परिरहेको छ । आर्थिक मन्दीको प्रभावले गर्दा वित्तीय क्षेत्रमा तरलता अभावको समस्या बढिरहेको छ । 

यो बेला वित्तीय संस्थाहरुबीच मर्जरको आवश्यक्त देखिएको छ । संस्थाहरु मर्जर भई ठुलो संस्था बन्ने हो भने पुँजी, प्रविधि तथा सेवाको हिसावले पनि संस्था राम्रो हुन्छ । यतिबेला नेपाल राष्ट्र बैंकले पनि बाणिज्य बैंकहरुलाई मर्जरका लागि प्रोत्साहन गरिरहेको छ । ठूला ठूला बाणिज्य बैंक मर्जर अभियानमा छन् ।  त्यसैले अब सहकारीमा पनि मर्जर अभियान ब्यापक रुपमा अगाडी बढाउन आवश्यक छ । ठूला ठूला सहकारीहरु मर्जर गर्नुपर्छ । 

विगतमा हाम्रो सगरमाथा सहकारीमा २१ वटा संस्था मर्जर भएका छन् । वागलुङको सिवासी बचत चतथा ऋण सहकारी ३२ वटा संस्था मर्जर भएका छन् । २५ वटा मर्जर भएको किसान सहकारी गैडाकोटमा छ । २०/२१ वटा संस्था मर्जर भएको बिकु बचत तथा ऋण सहकारीका सदस्य एक लाख १५ हजार छन् भने १० अर्व कारोबार गरेको छ । झापाको सहारा नेपाल बचत तथा ऋण एक लाख ६० हजार सेयर सदस्यमध्ये एक लाख ३४ हजार महिला छन् । १५ अर्व ४१ करोडको ब्यालेन्ससिट छ । ५६ करोडको खुद नाफा छ । सहाराले एक लाख सदस्यलाई स्वास्थ्य बिमा गर्नसक्ने अवस्थामा पुगेको छ । निम्न आय भएका सुकुम्बासी महिलाका लागि एक हजार हाराहारीमा घर बनाइदिएको छ । १० हजार ट्युबेल वितरण गरेको छ । 

यो बेला वित्तीय संस्थाहरुबीच मर्जरको आवश्यक्त देखिएको छ । संस्थाहरु मर्जर भई ठुलो संस्था बन्ने हो भने पुँजी, प्रविधि तथा सेवाको हिसावले पनि संस्था राम्रो हुन्छ ।

यसबाट के देखाउँछ भने संस्था जति ठूलो भयो पुँजी, प्रविधिका हिसावले सेवा दिन सकिन्छ । त्यसैले हामीले संघिय मन्त्रालयमार्फत नगरपालिकाहरुसम्म बचत तथा ऋण सहकारीहरुको दर्ता बन्द गरौं र मर्जर अभियान संचालन गरौं भनेका छौं । वागमती प्रदेश सरकारले त बचत तथा ऋण संस्था दर्ता बन्द गरेको छ । अहिले देखिएको आर्थिक मन्दीबाट सहकारीलाई बचाउनका लागि पनि मर्जर आवश्यक छ ।

मर्जर भन्ने त्यति सजिलो कुरा होइन । संचालक समिति, सम्पति तथा दायित्व कर्मचारी समायोजन एकदमै जटिल विषय हो । नेफ्स्कूनले २०१७ मा एकिकरण समन्धी गोष्ठी गर्दा एक विज्ञले प्रस्तुतीकणमा नै सगरमाथाको तस्वीर देखाएर मर्जर गर्नका सगरमाथाको चुचुरो चढ्न भन्दा ग्राहो छ तर, जब तपाई चुचुरोमा पुग्नुहुन्छ त्यसपछि सगरमाथा भन्दा अग्लो बन्नुहुन्छ भन्नुभएको थियो । 

राष्ट्रिय सहकारी महासंघलगायगत केन्द्रीय संघ र सहकारी बैंक नीतिगत बहस पैरवीका लागि निरन्तर क्रियाशिल छ । विश्वको सहकारी अभियान हेर्ने हो भने विकासको चरणमा धेरै संस्थाहरु खुल्छन् त्यसपछि मर्जर गरेर क्रमश घटाउदै लैजाने हो । क्यानडामा पनि ४५० को संख्यामा पुगको सहकारीको संख्या १५ वर्षमा ११३ मा झार्ने लक्ष्य राखिएको छ । 
अब नेपालमा पनि सहकारीको पहुँच नपुगको ठाउँ छैन । गाउपालिकामा अझै पहुँच कम होला, तर नगरपालिकामा संस्थाहरुको संख्या अत्याधिक छ । त्यसैले अब गाउँपालिका बाहेकमा बचत तथा ऋण सहकारीको दर्ता बन्द गर्ने र मर्जर अभियान संचालन गर्न आवश्यक छ । त्यसैका लागि महासंघले निरन्तर लविङ गरिरहेको छ । 
(आइडल यमुना बहुद्देश्यीय, नेशनल नमोवुद्ध बचत तथा ऋण, नागरिक कल्याण बहुद्देश्यीय, सत्कार बचत तथा ऋण र घेदुङ बहुउदेश्यीय मर्जर सम्झौता कार्यक्रममा ब्यक्त विचारको सम्पादित अंश)
 



Leave a comment