के गर्दै होलान् नेफ्स्कूनले गोठालोबाट मुक्त गरेका नानीहरु

के गर्दै होलान् नेफ्स्कूनले गोठालोबाट मुक्त गरेका नानीहरु :: Sahakari Akhabar

बिहानै नेफ्स्कूनका तत्कालिन अध्यक्ष श्री कैलाशभक्त प्रधानाङ्गज्यूले मलाई  फोन गर्नुभयो । मैले तत्वबखत प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको थिए, उहाँको भनाई उत्घृत गर्दे ‘शिव तिमि कहाँ छौं, म अफिसमा छु हजुर भने, आजको कान्तिपुर पत्रिका अफिसमा आएको छ कि नही ? मैले भने म हेर्छु ।

पत्रिका अफिस कम्पाउडमा रहेछ अनि मैले पाए, भनेर जानकारी गराए । त्यसमा के के छ ? भन्नुु भयो, पुरै पढे सहकारीको त केही पनि देखिन । सोही जानकारी गराए । अनि ऊहाँले भन्नु भयो ! आज ११ बजे संघको कार्यालयमा कार्यकारी उपसमितिलाई एक छिन डाक्नु ।

तत्पश्चात मैले खवर गरे, उपाध्यक्ष श्री मिनराज कडेँल (हाल अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ ), महासचिव श्री घनश्याम खतिवडा (हाल निर्वाचित मा.संघिय सांसद ) र कोषाध्यक्ष श्री अनिरुद्र प्रधान (लेखापरिक्षक ) लाई अध्यक्षज्यूले सो पत्रिकामा सोही दिन छापिएको ‘ऋण तिर्न नसकी गोठालो’ भन्ने शिर्षकमा लेखिएको समाचार पढेर सुनाऊनु भयो ।

जसमा लेखिएको थियो रसुवाको दुर्गम गाँऊ (जहाँ सदरमुकाम बाट हिडेर २ दिन लाग्दछ (त्यहाँको एक १३ बर्षे बालिका उनीको ८ वर्षको बैनी र ५ वर्षको भाई जसका बा, आमा मरीसकेका थिए, उनीहरुको बाबाले छिमेकी हुनेखानेसँग लिएको ऋण रकम रु ११००० तिर्न बाँकी थियो त्यो तिर्न नसक्दा ति नानीहरु आजिवनका लागि गोठालो बसेका थिए त्यो घरमा ।

अनि हामीले त्यो वर्षको नेफ्स्कून स्थापना दिवस (साउन ३२) मा ति नानीहरुलाई एकजना अभिभावक सहित काठमाण्डौ ल्याउने, ति नानीहरुको ऋण तिरिदिने काठमाडौंसम्म आउने जाने खाने बस्ने प्रवन्ध मिलाऊने र कान्तिपुर पत्रिकाका रसुवा संवाददाताको लागि पनि आऊने जाने खाने बस्ने र उहाँलाई सम्मान गर्ने कार्यक्रम राखियो ।

सोही अनुसार प्रवन्ध गरियो तत्तबखत कान्तिपुर प्रकाशनका पत्रकार श्री नविन खतिवडा (मा.घनश्याम खतिवडाका जेष्ठ सुपुत्र ) ले रसुवा बाट ति व्यक्तिहरुलाई खवर गरी काठमाण्डौमा ल्याऊन आवश्यक समन्वय गर्नु भएको थियो ।

पूर्व निर्धारित कार्यक्रम अनुसार स्थापना दिवसमा ति नानीलाई प्रमुख अतिथि उपप्रधान तथा अर्थमन्त्री श्री भरत मोहन अधिकारीज्यूबाट रकम हस्तानन्तरण, कान्तिपुर रसुवा सम्वाददातालाई सम्मान सहित बिबिध कार्यक्रम केन्द्रीय सहकारी प्रशिक्षणको हल, नयाँवानेश्वर, काठमाण्डौमा सम्पन्न गरियो । ति नानीहरुको लवाई देख्न साथ मेरो आँखा बाट आशु बगेको थियो । अहिले ति नानीहरु के कस्तो अवस्थामा होलान ? (अधिकारी नेफ्सकूनका पूर्व प्रशासन प्रमुख हुन् ।



Leave a comment