हाइलाइट

सहकारीमा प्रविधी प्रयोग 

सहकारीमा प्रविधी प्रयोग  :: Sahakari Akhabar

सहकारीमा वित्तीय प्रविधीको वर्तमान अवस्था :

नेपालमा सहकारी संस्थाहरुले वित्तीय प्रविधीहरुको प्रयोगकालागि वर्तमान समयमा सहकारी ऐनमा नै कुनै दफा उप दफाले प्रयोग गर्नका लागि बन्देज नगरेको भएतापनि बैकिङ्ग च्यानल मार्फत मात्र प्रविधी प्रयोगको सम्भावना रहेकोले प्रविधीको प्रयोगमा सहजता रहेको छैन् । 

सहकारीमा प्रविधीको प्रयोगको अवस्था :

► पूँजीका हिसाबले ठूला पूँजी भएका सहकारी संस्थाहरुले बैंक वित्तीय संस्थाले प्रयोग गरेको जस्तै मोबाइल बैंकिङ्ग, ए.टि.म सेवा, क्यू.आर. कोड भुक्तानी सेवालगाएका सेवाहरु आफ्ना सदस्यहरुलाई उपलब्ध गराइरहेका छन् ।

तथापी ती सबै सेवा विस्तार गर्नका लागि बाध्य भएर सहकारी सञ्जाल बाहिर धरौटी जम्मा गर्नु पर्ने अवस्था विद्यमान छ । अर्कोतर्फ सानो पूँजी परिचालन गरेका सहकारी संस्थाहरुले प्रविधीको प्रयोगको परिकल्पना नै गर्न सकेका छैनन् । प्रविधीको प्रयोगका लागि खासै पूँजी नलाग्ने भएपनि प्रविधीको प्रयोग सम्बन्धी गलत धारणा र बुझाईका कारण पनि सबै सहकारी संस्थाहरुले प्रविधीको प्रयोगलाई महत्वमा राखेको अवस्था छैन ।

► भूगोल, स्थानीय नागरिकहरुको शिक्षा, प्रविधी प्रयोग कठिन हुन्छ भन्ने धारणा, प्रविधीमा विश्वास गर्न नसक्ने अवस्था आधिका कारण पनि प्रविधीको प्रयोग सहकारीमा कठिनाई भएको छ । 

प्रविधीको प्रयोगबाट संस्थामा हुने लाभ हानीको अवस्था :

सहकारी संस्थाहरुको आफ्नै भुक्तानी प्रणाली नभएको कारण बैंक वित्तीय संस्था सरहको शुल्क र व्यवस्थामा प्राविधिक सेवा दिन कठिन भएकोले वर्तमान अवस्थामा प्रविधीको प्रयोगबाट संस्थाहरुमा मुनाफा सिर्जना गर्न कठिन छ ।

न्यून आयमा भने पनि सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई प्रविधीको प्रयोगकालागि सेवा उपलब्ध गराउनु पक्कै पनि खुशीको कुरा हो । सहकारीहरुको आफ्नै भुक्तानी प्रणालीका लागि कानुनी वातावरण निर्माण भई भुक्तानी प्रणालीको विकास भएको अवस्थामा प्रविधी मार्फत सहकारी संस्थाहरुले निश्चित रुपमा कारोबारबाट मुनाफामा सुधार गर्ने कुरामा दुई मत छैन ।

वास्तवमा सहकारी मार्फत वित्तीय प्रविधीलाई सशक्तिकरण गराउने गरी राज्यले योजना अघि सारेमा मात्र भविष्यमा डिजिटल कारोबारको कल्पना पूरा हुन सक्ने अवस्था रहेको छ किनकी सहकारी संस्थाहरुले सेवा दिन्छौ मात्र भन्दैनन् प्रविधी मार्फत सेवा लिने तौर तरिका समेत आफ्ना सदस्यहरुलाई प्रदान गर्ने हुँदा वित्तीय प्रविधी सम्बन्धी ज्ञानको सम्पे्रषण सहकारी मार्फत छिटो र प्रभावकारी रुपमा हुन्छ ।  

वित्तीय प्रविधिमा सहकारीको सहजताका लागि आवश्यक कार्यहरु :

सहकारीहरुको आफ्नो भुक्तानी प्रणाली (एबथmभलत उबितायचm) नभएको कारण सहकारीहरुले आफ्नो क्षमता हुँदाहुदै पनि निर्धक्कले प्रविधीको प्रयोग गर्न पाइरेहेका अवस्था छैन । वित्तीय बजारमा उपलब्ध पछिल्ला प्रविधीहरुको सहकारीहरुले आफ्नो स्वामित्व, आफ्नो उत्तरदायित्व र आफ्नै जवाफदेहितामा प्रयोग गर्न नसक्दा सम्म सहकारी क्षेत्रमा प्रविधीको प्रयोगको अपनत्व कायम हुन सक्ने अवस्था रहेको छैन ।

अर्कोतर्फ सहकारीहरुले प्रयोग गर्ने एप्लीकेशन सफ्टवेयरमा रहेको विविधताका कारण पनि सहज प्रविधीको प्रयोगमा कठिनाई भएको हो । आगामी दिनमा सहकारीहरुले एकै किसिमको एप्लीकेशन सफ्टवेयर प्रयोग गर्दै आफ्नै भुक्तानी प्रणालीको विकासकालागि ऐक्यवद्धता कायम गर्दै अगाडि बढ्नु पर्ने आवश्यक्ता रहेको छ ।



Leave a comment