काठमाडौं । कागेश्वरी नगरपालिकाको वडा नम्बर ८ विनायकवस्तीमा रहेको मनमुरी कृषि सहकारी संस्था महिलाहरुको नेतृत्वमा संचालित संस्था हो । संस्थाले कृषिलाई साच्चिकै ब्यवसायीकिकरणकालागि एउटा गतिलो उदाहरण प्रस्तुत गरेको छ । संस्थाका सदस्यको उत्पादन बजारीकरणको लागि संस्था र नेतृत्व दिलोज्यान दिएर लागीपरेको छ ।
संस्थाले सदस्यलाई बजारको अभावको आवश्यकता मात्र पुरा गरेको छैन, कृषि सहकारीको मान्यता पनि सिकाएको छ । बचत तथा ऋणमा मात्र सिमित अन्य कृषि सहकारीलाई यो संस्था नमुना र पाठशालानै बनेको छ । संस्थाले कृषि उत्पादन खेरजान नदिन मनमुरी कृषि बजार र मनमुरी कृषि मार्ट सञ्चालन गरेको छ ।
संस्थाले ४ रोपनी ६ आना जग्गा भाडामा लिएर २९ वटा सटर सहितको मनमुरी कृषि बजार स्थापना गरेको छ । बजार भित्र संस्था आफैले चलाएको मनमुरी कृषि मार्ट पनि छ । बजारमा सदस्यले उत्पादन गरेका बस्तु बिक्रीकालागि सटरहरु भाडामा उपलब्ध गराएको छ । ठूलो साइजको सात हजार र सानो साइजको ५ हजार मासिक भाडा आउँछ ।
संस्थाको भवन निर्माणमा १ करोड पूँजी लगानी गरेको छ । संस्थाकी अध्यक्ष जयकला बस्नेत बजारको सुनिश्चितता भएसँगै कृषक तथा उद्यमीले उत्पादन बढाएको र मूल्य पनि पाएको बताउँछिन् । ‘हामीले ७७ जिल्लाबाट कृषि उत्पादन ल्याएर बिक्री गर्ने गरेका छौं’ उनले भनिन्,‘सञ्जाल प्रयोग गरेर उत्पादन बजारसम्म ल्याउने गर्छौं ।’
बस्नेत व्यक्तिगतरुपमा व्यवसायिक कृषिमा सफल हुन नसकेपनि नेतृत्व विकासमा अब्बल देखिएकी छिन् । सहकारीमा महिला मात्रै सञ्चालक छन् तर सहकारी महिला सहकारी होइन । सामूहिक नेतृत्वमा सहकारी सञ्चालन हुँदै आएको छ । ‘सबैले अपनत्व गरेकाले सहकारीले सफलता प्राप्त गरेको छ’ अध्यक्ष बस्नेत भन्छिन् ।
संस्थाले ७७ वटै जिल्लाबाट कृषि उत्पादन संकलन गर्छ र मार्टमा ल्याएर बिक्री गर्छ । समितिका सदस्यहरु धेरै जिल्लामा आफै पुग्ने र त्यहाँ सञ्जाल बनाएर संजालमार्फत उत्पादन बजारसम्म ल्याउने गर्छन । संस्थाकी उपाध्यक्ष गीता सुवेदी राई देशको विभिन्न जिल्ला भ्रमणका क्रममा त्यहाँको स्थानीय उत्पादनको बजार अभाव देखेपछि सहकारी मार्फत बजार निर्माण गर्ने सोच आएको बताउँछिन् ।
‘त्यसपछि बजार खोल्न पहल थालौं’, उनले भनिन्,‘बजारले किसानको प्रवद्र्धन भएको छ, सबै जनाले यहाँ ल्याएर आफ्ना उत्पादन बिक्री गर्नुभएको छ डोको बोकेर हिँड्नुपरेको छैन ।’ सहकारीले बजार स्थापना गरेपछि स्थानीय उत्पादनले मूल्य मात्र पाएको हैन, किसानले समयमा मल, बीउ बिजन र प्राबिधिक ज्ञान पनि पाएका छन् ।
अध्यक्ष बस्नेत सुरुमा आफै कृषि क्षेत्रमा हण्डर खाएकी व्यक्ति हुन् । कम्पनीका माध्यमबाट काम गर्दा कृषिमा धेरै घाटा खाएपछि उनी कृषकको उत्थानका लागि समूहमार्फत लागिपरेको बताउँछिन् । ‘किसानका वास्तविक समस्या थाहा छ’, उनी भन्छिन्,‘किसानलाई चाहिने मल, बीउ, प्रविधि सहजै पुर्याउनुपर्छ तर राज्यले कृषकलाई प्राथमिकता दिन सकेको छैन ।’
सामुहिकरुपमा काम गर्दा सफल भइन्छ, लक्ष्य हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् बस्नेत । भन्छिन्, ‘नेतृत्वमा अध्यक्ष देखिए पनि सबैको सहयोगले काम गर्न सकेका छौं ।’ कम्पनीबाट घाटा खाएपछि त्यसैलाई समूह हुँदै सहकारीमा रुपान्तरण गरिन् ।
अहिले मनमुरी कृषि सहकारीलाई ब्राण्डको रुपमा स्थापित गरेकी छन् । सहकारीमा १ हजार जना सदस्य छन् । मनमुरीको लोगो राखेर ब्राण्डमा बेच्ने तयारी छ । अमेरिकालगायत केही देशमा बस्ने नेपालीको माग अनुसार संस्थाले उत्पादनहरु विभिन्न जिल्लाबाट संकलन गरेर पठाउने गरेको उनले बताइन् ।
बस्नेत व्यक्तिगतरुपमा व्यवसायिक कृषिमा सफल हुन नसकेपनि नेतृत्व विकासमा अब्बल देखिएकी छिन् । सहकारीमा महिला मात्रै सञ्चालक छन् तर सहकारी महिला सहकारी होइन । सामूहिक नेतृत्वमा सहकारी सञ्चालन हुँदै आएको छ । ‘सबैले अपनत्व गरेकाले सहकारीले सफलता प्राप्त गरेको छ’ अध्यक्ष बस्नेत भन्छिन् ।
‘उहाँहरुले नै ल्याइदिनुहुन्छ, ढुवानी जोडेर हामीले खरिद गर्छाै, थोरै नाफा राखेर हामीले बिक्री गर्र्र्र्छाै’ अध्यक्ष बस्नेतले भनिन् । अध्यक्ष बस्नेतले विदेशसम्म निर्यात गर्ने गरेको बताउँछिन् । ‘विदेशमा रहेका नेपाली समुदायले माग्नुहुन्छ’, अध्यक्ष बस्नेत भन्छिन्,‘हामीले उहाँहरुले मागेअनुसार पठाउने गरेका छौं ।’
बजारको सुनिश्चित भएपछि देशका विभिन्न भागबाट कृषिजन्य वस्तु आउने क्रम बढेको सञ्चालकहरु बताउँछन् । सहकारीले स्वदेशी जन्य उत्पादन मात्रै बजारमा राख्ने गरेको छ । सहकारीले सरकारसँग साझेदारी गरी पूर्वाधार निर्माणमा जोड दिएको छ । स्थानीय तह, प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरी अनुदान दिएका छन् ।
मनमुरी कृषि सहकारीका एकै कृषकले दैनिक हजार लिटर दूध बिक्री गर्छन् । संस्थाले डेरी सञ्चालन गर्ने तयारी पनि गरेको छ । संस्थाले युवा स्वरोजगार कोषबाट डेढ करोड ऋण लिएको छ । जुन ऋण किसानलाई सहुलियतमा २ लाखसम्म प्रदान गर्दै आएको छ । सहकारीले समूह बनाएर २० हजारदेखिको ऋण लगानी पनि गर्छ ।
बजार व्यवस्थापन पूर्वाधार केन्द्रबाट २६ लाख ५५ हजार अनुदान लिएर त्यसबाट बजारको भवन बनाइएको छ । कागेश्वरी नगरपालिकाले २९ लाख ९४ हजार अनुदान दिएको छ । त्यसबाट कृषि मिटमार्ट बनेको छ । प्रदेश सरकारले ट्रयाक्टर, कुटानी पिसानी मिल, धान काट्ने मेसिन र जिल्लाबाट थ्रेसर मेसिन ल्याएर कृषकलाई भाडामा उपलब्ध गराउने गरिएको छ ।
‘समन्वय र व्यवस्थापन गर्दा अनुदान थपिदैँ आएको अध्यक्ष बस्नेतले बताइन् । मनमुरी सहकारी २५ जना सदस्यबाट सुरु भएको थियो । संस्थाले प्रत्यक्ष १० जनालाई रोजगारी दिएको छ । बजारभित्र भने ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सहकारीले उत्पादनमूलक क्षेत्रमा टेवा पुर्याउन लागिपरेको छ । किसानलाई मल, बीउ, बिजन, तालिम, कृषि तथा बाली बिमा गर्छ ।
अध्यक्ष बस्नेत नमूना सहकारी बनाउन लागिपरेको बताउँछिन् । सहकारीमार्फत उद्योग धन्दा विस्तार गर्दै सदस्यको माग पूर्ती गर्ने संस्थाको योजना छ । धेरै काम गरेर बढी भन्दा बढीलाई सदस्यमा आबद्ध गराएर ९ वटै वडालाई समेट्ने योजना रहेको अध्यक्ष बस्नेत सुनाउँछिन् ।
मनमुरी कृषि सहकारीका एकै कृषकले दैनिक हजार लिटर दूध बिक्री गर्छन् । संस्थाले डेरी सञ्चालन गर्ने तयारी पनि गरेको छ । संस्थाले युवा स्वरोजगार कोषबाट डेढ करोड ऋण लिएको छ । जुन ऋण किसानलाई सहुलियतमा २ लाखसम्म प्रदान गर्दै आएको छ । सहकारीले समूह बनाएर २० हजारदेखिको ऋण लगानी पनि गर्छ ।
संस्थाकी ऋण उपसमिति संयोजक कुन्ती चापागाइले सदस्यको ब्यवसाय हेरेर लगानी गर्ने गरेको बताइन्। ब्यवसाय गर्न २ लाख रुपैयाँ कम भएपनि सदस्यलाई स्वरोजगार बन्न थप मद्धत पुने बताउँछिन् । संस्थाका सचिव सुनिता भट्टराई वडा तथा स्थानीय तहसँग समन्वय गरी काम गरिरहेको बताउँछिन् ।
‘कृषककै खेतबारीमा गएर कृषकको हितमा काम गरेका छौं’ उनले भनिन् । स्वरोजगार कोषको २ लाखले व्यवसाय गर्न चुनौती भएको सचिव भट्टराइको भनाइ छ । ‘यसले कृषकलाई सानो सहयोग गरेको छ, हामीले थप ऋण पनि दिन्छौं ।’ उनले भनिन् । ‘हाम्रो बजार हामीसँगै छ’ अध्यक्ष बस्नेत भन्छिन् ‘काम गर्ने इच्छा भए उपाय निस्कन्छ ।
अब सहकारीले बचत तथा ऋण मात्र गरेर उभो नलाग्ने उनको निश्कर्ष छ । ‘काम गर्न खोज्दा सहज छ’ उनले भनिन् । किसानलाई भगवान ठान्ने अध्यक्ष बस्नेतले किसानलाई खुसी पार्न राज्यले नसकेको बताइन । 
धान रोप्ने ठाउँ घडेरी बन्दै गएपछि खेतीयोग्य जमिन मासिदैँ गएको छ ।  तर पनि अहिलेसम्म मुलपानी, कागेश्वरीलगायतमा जग्गा कम हुँदैगएपनि खेती गर्न खाँचो भइनसकेको उनी सुनाउँछिन् ।
        		
             
                    
                        
                        
                            	
                            	
                            	
							
                        				                        				
                        				                        				
                        				                        				
                        				                        				
                        				                        				
                        				                        				
                            	
                            	
                            	
                            	
                            	
                            	
                            	
                            	
Leave a comment