काठमाडौं । उपभोक्ता केन्द्रीय सहकारी संघले जेठ २९ गतेका लागि तय गरेको निर्वाचन सहितको वार्षिक साधारणसभाको मिति नै परिवर्तन गरेको छ । संघ सञ्चालक समितिको जेठ १८ गते बैठकले असार १७ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
यसअघि जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २० गते साधारणसभा गर्ने निर्णय भएको भन्दै संघले सूचना सार्वजनिक गरेको थियो । तर, संघले तय गरेको साधारणसभाको मिति सहकारी विभागको निर्देशिका विपरित रहेको विषयमा सहकारी अखबारमा समाचार प्रकाशित भएपछि संघले हतार हतार अर्को पत्र सार्वजनिक गरेर निर्देशिका अनुसार समय पुग्ने गरी निर्णय मिति सच्याएको थियो ।
संघले जारी गरेको दोस्रो पत्रमा चैत्र २९ गते बैठक बसेर साधारणसभाको मिति तय गरेको जनाएको छ । तर, दुवै पत्रको जारी मिति भने एउटै २०७९ जेठ ४ गते उल्लेख गरिएको छ ।
विभागले जारी गरेको साधारण सभासम्बन्धी निर्देशिका अनुसार सहकारी संघसंस्थाले साधारणसभा बस्न कम्तीमा ३० दिन अगावै मिति, समय र स्थान तोक्नुपर्ने व्यवस्था छ ।
निर्णय मिति र प्रक्रिया निर्देशिका विपरित रहेको विषयमा समाचार प्रकाशित भएपछि संघले हतार हतार सूचना नै परिवर्तन ग¥र्यो । तर यस विषयमा आलोचना भएपछि संघको संचालक समितिले ले साधारणसभाको समय नै एक महिना पर सारेको हो ।
यद्यपि संघका पदाधिकारीहरुले भने सदस्य संस्थालाई सूचना दिन ढिलाइ भएको र आवश्यक तयारी नपुगेको कारण समय सार्नुपरेको दावी गरेका छन् ।
अखबार फलाेअप
-
उपभोक्ता केन्द्रीय संघले साधारणसभाको निर्णय मिति नै सच्यायो !
-
उपभोक्ता केन्द्रीय संघको साधारणसभा निर्देशिका बिपरित
-
उपभोक्ता केन्द्रीय संघको ८ वर्षपछि निर्वाचनसहितको साधारणसभा, को बन्ला अध्यक्ष
Leave a comment