हाइलाइट

उपभोक्ता केन्द्रीय संघको साधारणसभा निर्देशिका बिपरित 

उपभोक्ता केन्द्रीय संघको साधारणसभा निर्देशिका बिपरित  :: Sahakari Akhabar

काठमाडौं । उपभोक्ता केन्द्रीय सहकारी संघले गर्न लागेको वार्षिक साधारणसभा निर्देशिका विपरित देखिएको छ ।

सहकारी संघसंस्थाको साधारणसभा व्यवस्थित गर्न सहकारी विभागले जारी गरेको साधारणसभासम्बन्धी निर्देशिकामा साधारणसभा बस्न कम्तीमा ३० दिन अगावै मिति, समय र स्थान तोक्नुपर्ने व्यवस्था भएपनि संघले १५ दिनको मात्र समय राखेर साधारणसभाको मिति तय गरेको हो ।

संघद्धारा जारी सूचना अनुसार जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २० गते साधारणसभाको मिति तय गरेको छ । संघले जारी गरेको सूचना अनुसार संचालक समितिको बैठक र साधारणसभाको मिति १५ दिनको मात्र फरक रहेको छ ।

संघका उपाध्यक्ष गोविन्द शर्मा पौडेलले लामो समयदेखि साधारणसभा गर्ने विषयमा छलफल भइरहेकाले निर्देशिका अनुसारको समयसिमा आवश्यक नपर्ने बताए ।

‘हामीले साधारणसभा गर्ने विषयमा छलफल गरेको लामो समय भइसक्यो’ उनले भने, ‘निर्णय गर्दा मात्र तोकिए अनुसार समय नपुगेको देखिएको मात्र हो ।’



Leave a comment