हाइलाइट

उपभोक्ता केन्द्रीय संघको साधारणसभा निर्देशिका बिपरित 

उपभोक्ता केन्द्रीय संघको साधारणसभा निर्देशिका बिपरित  :: Sahakari Akhabar

काठमाडौं । उपभोक्ता केन्द्रीय सहकारी संघले गर्न लागेको वार्षिक साधारणसभा निर्देशिका विपरित देखिएको छ ।

सहकारी संघसंस्थाको साधारणसभा व्यवस्थित गर्न सहकारी विभागले जारी गरेको साधारणसभासम्बन्धी निर्देशिकामा साधारणसभा बस्न कम्तीमा ३० दिन अगावै मिति, समय र स्थान तोक्नुपर्ने व्यवस्था भएपनि संघले १५ दिनको मात्र समय राखेर साधारणसभाको मिति तय गरेको हो ।

संघद्धारा जारी सूचना अनुसार जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २० गते साधारणसभाको मिति तय गरेको छ । संघले जारी गरेको सूचना अनुसार संचालक समितिको बैठक र साधारणसभाको मिति १५ दिनको मात्र फरक रहेको छ ।

संघका उपाध्यक्ष गोविन्द शर्मा पौडेलले लामो समयदेखि साधारणसभा गर्ने विषयमा छलफल भइरहेकाले निर्देशिका अनुसारको समयसिमा आवश्यक नपर्ने बताए ।

‘हामीले साधारणसभा गर्ने विषयमा छलफल गरेको लामो समय भइसक्यो’ उनले भने, ‘निर्णय गर्दा मात्र तोकिए अनुसार समय नपुगेको देखिएको मात्र हो ।’



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000