विराटनगर । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारीका लागि ५ वर्षयताकै निराशाजनक बजेट भएको टिप्पणी गरेका छन् । राष्ट्रिय सहकारी बैंकको एक औचारिक कार्यक्रममा बोल्दै पोखरेलले सहकारीमैत्री बजेट आउन नसकेको र यसले सहकारी क्षेत्रलाई निरुत्साहित गरेको बताए । ‘विगत ५ बर्षदेखिको बजेटलाई नियाल्दा यो पटक मात्र सहकारीलाई कम स्थान दिएको छ’, उनले भने, ‘एकातिर उत्साह हुने कार्यक्रम छैनन, राखिएका कार्यक्रम पनि स्पट छैनन’ ।
बजेटमा सहकारीले ५० प्रतिशत लगानी उत्पादन क्षेत्रमा गर्नुपर्ने भनिए पनि कसले कसरी गर्ने भन्ने बारेमा प्रस्ट नभएको पोखरेले बताए । बचत तथा ऋण सहकारीले ५० प्रतिशत लगानी गर्दा कुन क्षेत्रमा गर्ने हो, आफैले गर्ने की सदस्यलाई गराउने भन्ने बारेमा बजेटले अन्यौलपूर्ण भाषामा उल्लेख गरेको उनको भनाइ छ । सहकारी क्षेत्रलो ठूलो संघर्ष गरेर आयकरमा सहूलियत पाएको उल्लेख गर्दै पोखरेलले आयकर बढाएको विषयमा पनि संशोधन प्रक्रियामा सहकारी अभियान लागेको जानकारी दिए ।
Leave a comment