नेपालमा कुल जनसंख्याको एक तिहाई युवा छन् । अब सन् २०३० मा नेपाललाई कहाँ पुयाउने भन्ने विषय आज हामीले युवामा गरेको लगानी र योगदानले भर पर्छ । समुदायहरूमा युवा नेतृत्व वृद्धि गर्नका लागि पनि सहकारीको योगदान रहन्छ । जसरी महिला नेतृत्वमा सहकारीको योगदान रहेको छ ।
युवा परिवर्तनका संवाहक हुन् । गुठी, पर्म भकारी जस्ता परम्परागत आर्थिक क्रियाकलापको विकसित रूप सहकारी अभियानमा लाखौं युवा सहभागी छौं । सन् २०१० मा युवा तथा खेलकद मन्त्रालयले विशेष रूपमा युवाहरूको अधिकार र आवश्यकताहरूलाई सम्बोधन गर्न देशको पहिलो राष्ट्रिय युवा नीति निर्माण ग¥र्योे । यसले युवाको राष्ट्रिय परिभाषा बनाएको छ ।
नीती र परिभाषा आफैमा महत्वपूर्ण विषय हो, त्यो भन्दा बढी महत्वपूर्ण देशका लाखौंलाइ युवालाई राष्ट्र विकासको मुल धारमा समाहित गराउने गुरूत्तर दायित्व हो । आजको यस अवसरले सम्पूर्ण सहकारी अभियान्ताहरूलाई त्यो दायित्व बहन गर्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु ।
नेपालले युवाहरूको अधिकारलाई उजागर गर्न र आफ्नो नीतीगत सन्दर्भमा युवाहरूमा ध्यानः केन्द्रित गर्न ठोस प्रगति गरेको छ । नेपालले इतिहासमै पहिलो पटक जनसाङ्ख्यिय लाभाशंको (एयउगबितष्यल म्ष्खष्मभलम) अनुभव गरिरहेको छ ।
हाल नेपालको करिव २ करोड ९२ लाख नागरिकमध्ये करिब २०.८ प्रतिशत १६ देखि २५ वर्ष उमेर समूहका छन् भने ४०.६८ प्रतिशत जनसंख्या १६ देखि ४० वर्ष उमेर समूहका छन् । जहाँ देशको जनसंख्याको सबैभन्दा ठूलो खण्ड युवाहरुको छ, यसलाई जनसंख्या लाभांश वा युवा बल्ज’ भनेर परिभाषित गरिएको छ । यो अभूतपूर्व अवसर अहिले हामीसँग छ जुन विश्वका बिरलै देशले प्राप्त गर्दछन् ।
अबका केहि दशक हामीले यसको लाभ उठाउन सकेनौ भने त्यो हाम्रा लागि अपुरणीय क्षती हुनेछ । यूवा जनसंख्याको अधिकांश हिस्सा खाडी र मलेसियामा सस्तोमा श्रम बेच्न बाध्य छन् । आफ्ना उर्वर उमेरको श्रम अन्तर्राष्ट्रिय श्रम बजारमा बेचिरहँदा त्यो नेपाली जत्ति दुखी छ त्यो भन्दा बढी दुखी नेपाली धर्ति छ ।
नेपालमा हाल प्रत्येक वर्ष करिव ५ लाख श्रमशक्ति रोजगारीको लागि विदेशिने गरेका छन् । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरू पनि अधिकांश अदक्ष रहेकाले सस्तोमा श्रम बेच्न बाध्य छन् । कोभीड माहामारीले वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्र्किएका हजारौं यूवाहरु बेरोजगार भएर बस्नु परेको अवस्था छ ।
यस परिस्थितिमा मानवीय श्रमलाई सीपयुक्त बनाई उद्यमशिलता वृद्धि गरी अधिकतम रुपमा उपयोग गरेर उत्पादन आय आर्जन, स्वरोजगारी श्रृजना र त्यसका लागि आवश्यक वातावरण निर्माण गर्न आवश्यक ठानी राष्ट्रिय सहकारी महासंघले सहकारी मार्फत यूवाहरुलाई उद्यमशिलता तर्फ डो¥राउन राष्ट्रिय युवा गोष्ठीको आयोजना गरेको हो ।
नागरिकलाई उद्यमशील बनाउन सकियो भने उत्पादन तथा रोजगारी वृद्धि गर्न सकिन्छ । उद्यमशीलता विकासको लागि पहिलो कुरा समाजलाई उद्यमशीलता तर्फउत्प्रेरित गर्नुपर्छ । त्यसपछि राज्य र सहकारी क्षेत्र स्वयंले लगानी र आवश्यक तालिम तथा प्रविधिको व्यवस्था गर्नुपर्छ । राज्यको मूख्य काम उद्यमशिलताका लागि नीतिगत, कानूनी, पुँजी, प्रविधि, शिक्षा तालीम र नवपवर्तमानमा सहजीकरण गर्नु हो।
विश्व युवा विकास सूचकांकमा नेपाल १४५ औं स्थानमा छ । दक्षिण एसियाली देशहरुमा पनि नेपालको युवा सुचकांक कमजोर छ । नेपालका बेरोजगार युवाशक्ति आर्थिक उत्पादन र सीपसँग जोडिएका छैनन् । युवाहरुलाई स्वदेशमै उद्यमशिलता विकासतर्पm आर्कषित गर्न आवश्यक ज्ञान शिप र धारणा दिनुपर्ने आवश्यक्ता छ ।
यही आवश्यक्तालाई पूर्ति गर्न तथा यूवाहरुलाई उद्यमशिलतामा तिर्खा जगाउन गोष्ठी आयोजना गरिएको हो । गोष्ठीले विशेषत यूवाहरुलाई लक्षित गरी स्वरोजगार श्रृजना गर्न प्रेरित गर्दै आम्दानीका थप अवसरहरू सिर्जना गर्न मार्गप्रशस्त गर्नेछ भन्ने हाम्रो अपेक्षा छ । आउनुहोस् अब सामान्य घरायसी खर्च जुटाउन विदेशमा सस्तोमा श्रम बेच्न बाध्य युवाहरुलाई सहकारी अभियानमा आवद्ध गराउने अर्को अभियानमा पनि सँगसँगै जुटौं ।
युवाले कसैको भरमा नभई काम गरेर कमाउन थालेपछि देशको अर्थतन्त्रमा टेवा पुग्छ । यसका साथै जात, धर्म, लिङ्ग आदिको भेदभाव नगरी सबैलाई समान अवसर प्रदान गरिनुपर्छ । नातावाद र पक्षपातका विभिन्न मुद्दाहरूले देशको वास्तविक प्रतिभालाई खादै गएको छ । यसलाई सकेसम्म चाँडो हटाउनु पर्छ हामीले यो सुनिश्चित गर्नुपर्दछ कि प्रत्येक युवाले आफूलाई योग्य साबित गर्ने मौका पाएको छ र त्यो सबैलाई समान रूपमा प्रदान गर्नुपर्दछ । युवाहरूसँग आफ्नो मात्र होइन, समुदाय र विश्वलाई नै परिवर्तन गर्ने रचनात्मकता क्षमता हुन्छ ।
परिवर्तनकर्ताको हैसियतमा पुगेर स्थानीय आवश्यकता, स्रोतसाधन र अन्य कुरामा केन्द्रित हुन चाहेका युवा अनुहारहरूले पुरानो नेतृत्वलाई विस्थापित गरेर आफ्नो ठाउँको विकासको नयाँ बाटो बनाउन चाहेका छन् । युवा कुनै पनि देशको ठूलो सम्पत्ति हो भन्ने करा सर्वविदितै छ । राष्ट्र निर्माण तथा सामाजिक सुधारमा युवाहरूको भूमिका धेरै महत्वपूर्ण छ ।
अर्को शब्दमा भन्ने हो भने युवाको बुद्धि र कामले देशलाई सफलताको बाटोमा लैजान्छ । जसरी हरेक नागरिक उतिकै जिम्मेवार छन् युवा पनि उत्तिकै जिम्मेवार छन् । युवाहरू देशको निर्माणका आधार हुन्, नागरिकहरूले हाम्रा युवाहरूलाई हरेक क्षेत्रमा राम्रो गर्न प्रोत्साहित गर्न सुनिश्चितता गर्नुपर्छ ।
जब हामी हाम्रा युवाहरूलाई निरन्तर निरुत्साहित गछौं र उनीहरूमा विश्वास गर्दैनौं, उनीहरूले आफ्नो ज्योति गुमाउनेछन । पखेटामा साङलो बाधेर तल ल्याउनुको सट्टा पखेटा मुनीको हावालाई माथि उड्न दिनुपर्छ भन्ने कुरामा हामी सबैले ध्यान दिनुपर्छ ।
युवा कुनै पनि देशको जनसंख्याको सबैभन्दा गतिशील र महत्वपूर्ण खण्ड हो । तथ्यांकले देखाउँछ कि युवा जनसंख्याको ठूलो संख्या भएका विकासोन्मुख देशहरूले युवाहरूको शिक्षा, स्वास्थ्य र उनीहरूको अधिकारको संरक्षण र ग्यारेन्टी गरेमा देशका सबै क्षेत्रमा अत्याधिक वृद्धि हुन सक्छ ।
आजका युवा दिमाग र भोलिका नेता, निर्माता, निर्माणकर्ता र आविष्कारक हुने विश्वास गरिन्छ । युवाहरूलाई असल नेता, आविष्कारक र आविष्कारकहरू बन्नको लागि उनीहरूलाई समर्थन र भविष्य परिवर्तन गर्न राम्रो स्वास्थ्य, तालिम र शिक्षा प्रदान गर्नु महत्वपूर्ण छ ।
युवाले कसैको भरमा नभई काम गरेर कमाउन थालेपछि देशको अर्थतन्त्रमा टेवा पुग्छ । यसका साथै जात, धर्म, लिङ्ग आदिको भेदभाव नगरी सबैलाई समान अवसर प्रदान गरिनुपर्छ । नातावाद र पक्षपातका विभिन्न मुद्दाहरूले देशको वास्तविक प्रतिभालाई खादै गएको छ ।
यसलाई सकेसम्म चाँडो हटाउनु पर्छ हामीले यो सुनिश्चित गर्नुपर्दछ कि प्रत्येक युवाले आफूलाई योग्य साबित गर्ने मौका पाएको छ र त्यो सबैलाई समान रूपमा प्रदान गर्नुपर्दछ । युवाहरूसँग आफ्नो मात्र होइन, समुदाय र विश्वलाई नै परिवर्तन गर्ने रचनात्मकता क्षमता हुन्छ ।
समाजको विकासमा पूर्ण रूपमा सहभागी हुन गरिबी र असमानता उन्मूलन गर्न र शान्तिको संस्कृतिलाई बढावा दिन सहकारी अभियानले कसरी युवा समावेशीता गर्दै अगाडि बढ्ने भन्ने विषयमा युवा सम्मेलनले मागदर्शन गर्नेछ ।
नेपालमा कुल जनसंख्याको एक तिहाई युवा छन् । अब सन् २०३० मा नेपाललाई कहाँ पुयाउने भन्ने विषय आज हामीले युवामा गरेको लगानी र योगदानले भर पर्छ । समुदायहरूमा युवा नेतृत्व वृद्धि गर्नका लागि पनि सहकारीको योगदान रहन्छ । जसरी महिला नेतृत्वमा सहकारीको योगदान रहेको छ ।
यसका लागि युवा सशक्तिकरण, उनीहरुको कार्यलाई प्रोत्साहन र समर्थन गर्ने, साझेदारीलाइ बढवा दिने र युवाहरुको पहिचानको सुनिश्चिता गर्ने उद्देश्यले युवाको भूमिकालाई प्रोत्साहित गर्न यस सम्मेलले योगदान दिनेछ । सहकारीले अब युवाहरूको संलग्नतालाई नीति निर्माण तहदेखि कार्यन्वयन तहसम्म बृद्धि गर्नुपर्छ ।
(महासंघको युवा समन्वय उपसमितिका संयोजक रहेका ढकालले नेशनल युथ फोरम, कोअपरेटिभ इन्टरप्रेनरसिश—२०२२ को मा गरेको सम्बोधन)
Leave a comment