काठमाडौं । भक्तपुरको विरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारीद्धारा महिला सदस्य संग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हिन्दु महिलाहरूको महान पर्व तीजको अवसर पारेर महिला सदस्यहरूसंग विस्तारित मञ्च तथा सदस्य भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रमोद घिमिरेको सभापतित्व तथा संस्थाका पूर्व अध्यक्ष रामप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष नवराज घिमिरेले संस्थामा संचालनमा रहेको बचत आन्तरिक कार्यविधि र ऋण सेवाहरूको आन्तरिक कार्यिवधि बारेमा सदस्यहरूलाई जानकारी गराए ।
उनले आगामी साधारणसभामा बचत तथा ऋण आन्तरिक कार्यविधिमा संशोधन गर्न लागेको र सो कार्यविधिमा आवश्यक संशोधनको लागि सुझाव समेत संकलन गरिएको जनाए । संचालक एवं महिला तथा बचत समूह व्यवस्थापन उपसमिति संयोजक विना गिरीले संचालन तथा उपसमिति सदस्य शोभा चौलागाईले स्वागत मन्तब्य राखेकी थिइन् ।
Leave a comment