हाइलाइट

बाबियाखर्क साकोसका महिला सदस्यलाई तीज विशेष वित्तीय साक्षरता कार्यक्रम

बाबियाखर्क साकोसका महिला सदस्यलाई तीज विशेष वित्तीय साक्षरता कार्यक्रम :: Sahakari Akhabar

काठमाडौं । शान्तिनगरमा रहेको बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यलाई तीज विशेष वित्तीय साक्षरता कार्यक्रम गरेको छ । संस्थाले भदौ ६ गते शनिबार तीज विशेष बचतमा आवद्ध सदस्यहरूका वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

संचालक समिति सदस्य एवं महिला उपसमिति संयोजक श्रीभा नेपाल (न्यौपाने) को सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बाबियाखर्क साकोसकी सदस्य सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य पूजा कोइरालाले स्वागत मन्तब्य राखेकी थिइन ।

उनले सहकारी संस्थाको प्रगतिमा मुख्य जिम्मेवारी भित्र सदस्यहरु पनि पर्ने कुरामा जोड दिंदै बाबियाखर्क साकोसले तीज बचतमा आवद्ध महिला सदस्यहरुका लागि आयोजना गरेको कार्यक्रमले सहकारीका विषयवस्तुहरुमा  जानकारी गराई संस्कृति जगेर्ना गर्न समेत मद्धत गरेको बताइन ।

संस्थाका निवर्तमान अध्यक्ष ऋषिराज घिमिरेले वित्तीय साक्षरता सहकारी संस्था संचालनको लागि औजार भएकोले सदस्यहरुलाई  संस्थागत कुराहरुका अतिरिक्त सहकारी, बचत र ऋण सदुपयोगीताका बारेमा जानकारी दिन आयोजना गरिएले सिकेका कुराहरु ब्यवहारमा उतार्न अनुरोध गरे ।

कार्यक्रममा साकोसका प्रमुख कार्यकारी अधिकृत बल्देब कुमार पौड्यालले सहकारिता लगाएत वित्तीय साक्षरताका विषयवस्तुहरुमा सहजीकरण गरेका थिए । कार्यक्रममा २७० जना सदस्यहरुको सहभागीता रहेको थियो । तीज बिशेष बचतमा आवद्ध सदस्यहरु मध्ये सबैभन्दा बढी बचत गर्ने १ जना सदस्यलाई पुरस्कृत गरिएको थियो ।

दरखाने कार्यक्रमसंगै संस्थाको आरोग्य बचतमा सहभागी सदस्य शान्ता पाण्डेलाई औषधी उपचार खर्च बापत १४ हजार प्रदान गरिएको थियो । कार्यक्रम संचालक समिति सदस्य कल्पना खनालले संचालन गरेकी थिइन् । 
 



Leave a comment