काठमाडौं । बर्दियामा रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई राहत प्रदान गरेको छ । संस्थाले सदस्य जयरुपा जैसीको परिवारलाई राहत बापत ३२ हजार रुपैंयाँ प्रदान गरेको हो । सदस्य जैसीको असामयिक निधन भएकोले परिवारलाई उक्त राहत रकम प्रदान गरिएको संस्थाले जनाएको छ ।
संस्थाको उत्सब सेवाकेन्द्रका सदस्य राजापुर नगरपालिका–८, धोबिनपुर निवासी जैसीको असामयिक निधनप्रति संस्था परिवारले संस्थाको राहत नीति अनुसार भदौ ८ गते सेवाकेन्द्रका संयोजक रामदुलारी थरुनीको हातबाट मृतकका परिवारलाई समवेदना सहित ३२ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको जनाएको छ । सहकारी संस्था सदस्यको सुखमा मात्र नभएर, दुःखमा पनि साथ दिनुपर्ने संस्थाका प्रवन्धक गणेश थापा बताउँछन् ।
Leave a comment