व्यक्तिगत लोभवाट माथि उठेर समुदायको हितमा काम गर्ने सोच र व्यवहारको खाँचो देखिएको छ । के हामी आफूलाई सुधान तयार छौं, सक्छौं कि भाषणमा मात्रै सीमित गर्ने ? जो बुझेर पनि बदलिन बाँकी छौं बदलिन शुरु गर्ने हो भने सहकारी दिवसको सार्थकता अवश्य हुनेछ ।
चैत लागेसँगै नेपालमा सहकारी दिवसको सम्झना आउँछ । हरेक वर्षको चैत २० गतलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिएको छ । सहकारी दिवस मनाउन थालेको धेरै भयो, अब सहकारी दिवस मनाउनुको उपलब्धि र समीक्षा पनि गर्नुपर्छ ।
जिल्ला जिल्लामा मनाइने सहकारी दिवसको पहिलो काम प्रचारात्मक हुने गरेको छ । यो पनि आवश्यक छ, सहकारी समुदायमा चिनाउने, सरोकारवालाहरुको ध्यान आकर्षित गर्ने माध्यम बनेको छ । यसमा जिल्ला–जिल्लामा सहकारीकर्मीहरुले बैठक गर्ने, कार्यक्रम बनाउने कार्यक्रम गर्ने बहाना पनि पाएका छन् ।
नेताहरुले सहकारीका बारेमा राम्रा-राम्रा भाषण गर्छन् । सहकारीका उपलब्धिहरुको बयान गरिन्छ । प्रारम्भिक सहकारी संस्थाहरुले आफ्नो प्रचारप्रसार गर्ने अवसर पाउँछन् । कतिपय सहकारीहरु उत्पादनमा लागेका छन्, त्यस्ता सहकारीले आफ्ना उत्पादनको प्रचार प्रसार गर्ने राम्रो अवसर पाउँछन् ।
यसबाट सहकारी व्यवसायको प्रवद्र्धधन गर्न मद्दत पुग्ने गरेको छ । केही सहकारी, केही कर्मचारीलाई यसै अवसर पारेर सम्मान गर्ने गरिएको छ । सही मूल्यांकनका आधारमा गरिएको यस्ता सम्मानले सहकारी क्षेत्रमा लागेका व्यक्तिलाई हौसला नै प्रदान गर्छ । राष्ट्रिय सहकारी दिवसमा गरिदै आएका यस्ता कार्यक्रमले मात्रै अब सहकारी दिवसको सन्दर्भ पुरा हुँदैन ।
विगतमा सहकारीको प्रभाव निकै कम भएको समयमा यस्तै काम गरेर सहकारीको अस्तित्व सन्दर्भ महत्व दर्शाउन यति गर्नु पर्थो र गरियो । तर, अब यतिले मात्रै सहकारी दिवसको सन्दर्भ पूरा हुँदैन । अब सहकारीको प्रभाव र आवश्यकता पुष्टि गर्नुपर्छ ।
विगतमा सहकारी नै नपुगेको ठाउँमा सहकारी स्थापना गर्न, सहकारीको प्रभाव नपुगेका व्यक्ति र समुदायमा सहकारीको पहुँच पुग्ने गरी काम गर्नु, सहकारी चिन्न र चिनाउनु आवश्यक थियो । त्यसैले सहकारी संस्था स्थापना गर्नु र त्यसरी सञ्चालित सहकारीलाई टिकाई राख्नु नै उपलब्धि मान्न सकिने अवस्था थियो ।
अलिकति राम्रो गर्न चाहने, मेहनत गर्ने र सामुहिक स्वार्थ भएका संस्थाले केही राम्रो गरे । तिनले कारोबारको आकार बढाए सदस्यलाई केही लाभांश दिन सके घरजग्गा र सम्पत्ति जोडे, संस्थामा देखिने समस्यालाई समाधान गर्न सिके, केही मानिसलाई रोजगारी दिन सके नेतृत्व विकासको अभ्यास गरे, महिला सशक्तीकरणमा योगदान गरे ।
केही राम्रो गर्ने सहकारी संस्थाहरुको अवस्था हो यो । यिनले पनि आफुलाई यतिमै सीमित राखेर के-के न गर्यौ भन्ने सोचबाट माथि उठ्न जरूरी छ । टोल, बडा पालिकामा भएका कतिपय सहकारीहरु केही राम्रो गरेका छन् । केहि प्रकृतिका सहकारीलाई नियामक निकायले पनि सुधार्ने भन्दा पनि स्रोतका रुपमा बढि प्रयोग गरेको पाइन्छ ।
व्यवसायमा सवल नभएसम्म सहकारीको औचित्य पुष्टि गर्न अबका दिनमा सहज हुने छैन । किनकि अबको सहकारी अभियान प्रचारको युगमा अस्तित्वको युगमा होइन प्रतिस्पर्धा र सफल व्यवसायी संस्थाको रुपमा मात्रै टिक्न सक्नेछन् । सरकारले निर्देशन जारी मात्र गर्ने तर त्यसको व्यावहारिक पक्ष र कार्यान्वयनको अवस्थामा यान नदिने अहिलेको परिपाटीमा सुधारको खाँचो छ ।
जिल्लास्तर हुँदै राष्ट्रिय स्तरमा पनि यस्ता संस्थाको पहुँच पुगेको हुन्छ । सहजै मागेको बेला चन्दा विज्ञापन आदी उपलब्ध गराउने, राजनीतिक लबी मिलाउने खुबी भएका कारण यस्ता संस्थालाई सुधारको बाटोमा ल्याउन बढ्तै मेहेनत गर्नुपर्छ । यो अवधिमा जसले राम्रो गरेका छन् तिनले गरेको राम्रो टिकाउन जरुरी छ ।
केही व्यक्तिहरुको इमान्दारी सोच र सक्रियताले सफल भएका सहकारीहरूमा पनि त्यस्ता व्यक्तिहरुको निरन्तरता सधै हुँदैन । व्यक्ति अस्थायी हो, अनेक कारणले व्यक्तिले चाहेर पनि सधै रहन्छन् रहनुपर्छ, रहिन्छ भन्ने हुँदैन । त्यसैले नेतृत्वको विकल्प सधै खुला राख्नुपर्छ । विकल्पको पहिलो आधार भनेको संस्थामा विधिको शासन स्थापित गर्नु हो ।
व्यक्ति फेरिदा संस्थाको इमेज र कारोबारमा फरक पर्दैन, यो अवस्था तब सम्भव हुन्छ जब संस्थामा संस्थागत सुशासनको अवस्था लागु भएको हुन्छ । के हामी यो अवस्था सिर्जना गर्न लागि परेका छ कि हामी संस्थामा भएका सबै राम्रा कामको जस आफै लिन आतुर हुने गछौ र संस्थाले होइन मैले नै गर्दा भएको हो भनेर संस्थाभन्दा आफूलाई राम्रो देखाउन कोसिस गछौं ?
केही सहकारीका सञ्चालकले सहकारीलाई आफनो व्यवसाय बनाएको अवस्था छ । केही संस्थामा सञ्चालकहरु खोपिका देउता जस्ता छन् अर्थात उपल्लो तहमा बस्ने कर्मचारी हुने गरेका छन् । सहकारी सामाजिक व्यवसाय हुनुपर्ने हो, सदस्यको सहयोग पुग्ने गरी संस्थाले व्यवसाय गर्नुपर्ने हो ।
तर, सुरुदेखि नै लागेका सञ्चालक र केही कर्मचारीले आफ्नो व्यवसाय बनाउने गरेका कारण पनि सहकारीमा समस्या देखिएको छ । यस्ता संस्थाहरुलाई पहिचान गरेर समयसीमा निर्धारण गरी सुधारको बाटोमा लानुपर्छ । सहकारी दिवस मनाइरहंदा अब औपचारिकतामा मात्रै सीमित नगरी हाल भइरहेका सहकारीका गतिविधिलाई नियान्नु पर्छ राम्रो जसले गरेका छन् उनीहरुबाट सिक्न सकिन्छ ।
जसले गर्न प्रयास गर्दैछन् तिनलाई बाटो देखाएर अगाडि बढाउन सकिन्छ । जसले सहकारीलाई निजी व्यवसाय जस्तो बनाएर सहकारीको व्यानरमा सहकारीलाई नै बदनाम गर्दैछन् । उनीहरुलाई सहकारीको स्पष्ट बाटो देखाएर त्यो बाटोमा हिंड्न प्रेरित गर्ने, प्रोत्साहित गर्ने र अटेर गर्नेलाई बाध्य पाने वातावरण तयार पाने काममा सहकारी अभियान, नियामक निकाय र राज्य लाग्नु पर्छ ।
यसका लागि राज्यका निकाय र अभियानले पहिला आफ्ना कमजोरी सुधार्नु पर्छ दृढ इच्छाशक्ति देखाउनु पर्छ । प्रलोभनबाट मुक्त हुनुपर्छ । अबको सहकारी प्रचारमुखीभन्दा पनि व्यवसायमुखी हुने पर्छ । वर्षेपिच्छे तय हुने नाराको सार्थकता खोजिनु पर्छ । व्यवसायमा हुने चुनौती सामना गर्न सक्ने सहकारीको विकासमा ध्यान केन्द्रित गर्नु पर्छ ।
तीन तहका सरकारको जिम्मेवारीमा अडिएको सहकारी अभियान तीनै तहका सरकारको खासै प्राथमिकतामा परेको देखिदैन । विशेष गरी पालिकास्तरमा भएका सहकारीहरुको अभिभावकत्व पालिका सरकारले लिन सकेको देखिदैन । यो अवस्थाको अन्त्य भएर सबै पालिकाले आफू मातहत भएका सहकारीहरुको अवस्था र सशक्त भूमिकाको खोजी गर्नुपर्छ ।
अबको सहकारी अभियानले संख्यात्मक होइन, गुणात्मक फड्को मार्न सक्नुपर्छ । जहाँ सहकारी पुगेको छैन वा कम संख्यामा भएकाले धेरैलाई समेट्न बाँकी रहेको भए त्यहाँ नयाँ सहकारी आवश्यक पनि हन सक्छ । तर, आजको आवश्यकता सशक्त र सुदृढ सहकारी संस्था हो । सुशासनको अभावमा कुनै पनि सहकारी न सशक्त हुन सक्छ न सुदृढ ।
त्यसैले सहकारीको आन्तरिक सुदृढीकरणमा व्यापक सुधारको आवश्यकता छ । सुदृढ सहकारीलाई एकअकामा मिलाएर सशक्त सहकारी बनाउन आवश्यक छ । आन्तरिक सुशासन, पुँजी, प्रविधि र जनशक्तिमा अब्बल देखिएका सहकारीले मात्रै व्यवसायमा प्रतिस्पर्धा गर्न, टिक्न र प्रगति गर्न सक्छन् ।
व्यवसायमा सवल नभएसम्म सहकारीको औचित्य पुष्टि गर्न अबका दिनमा सहज हुने छैन । किनकि अबको सहकारी अभियान प्रचारको युगमा अस्तित्वको युगमा होइन प्रतिस्पर्धा र सफल व्यवसायी संस्थाको रुपमा मात्रै टिक्न सक्नेछन् । सरकारले निर्देशन जारी मात्र गर्ने तर त्यसको व्यावहारिक पक्ष र कार्यान्वयनको अवस्थामा यान नदिने अहिलेको परिपाटीमा सुधारको खाँचो छ ।
तीन तहका सरकारको जिम्मेवारीमा अडिएको सहकारी अभियान तीनै तहका सरकारको खासै प्राथमिकतामा परेको देखिदैन । विशेष गरी पालिकास्तरमा भएका सहकारीहरुको अभिभावकत्व पालिका सरकारले लिन सकेको देखिदैन । यो अवस्थाको अन्त्य भएर सबै पालिकाले आफू मातहत भएका सहकारीहरुको अवस्था र सशक्त भूमिकाको खोजी गर्नुपर्छ ।
यसका लागि पालिकास्तरका सरकारले सहकारीलाई सशक्त बनाउन लगानी बढाउने, दक्ष जनशक्तिको विकास गर्ने र आफ्नो मातहतका सहकारीलाई सदर, सशक्त र सवल बनाएर सामाजिक व्यवसायलाई प्रभावकारी बनाउन सक्दा मात्रै राज्यका निर्देशक सिद्धान्तमा परिकल्पना गरिएको सहकारीको योगदान पूरा हुने छ ।
सहकारी दिवस मनाइरहँदा सहकारी अभियानले पुयाएको योगदान र भएका कमजोरीहरुको खुलेर चर्चा गरौं । राम्रा अभ्यासहरुलाई संरक्षण र विकास गरौ । कमजोरी सुधाने अठोट गरौं । सबैभन्दा महत्वपूर्ण कुरा नीति मात्रै राम्रो भएर नपुग्ने रहेछ सहकारी अभियानमा सलग्न भएकाहरुको नियत पनि सफा हुनुपर्छ ।
व्यक्तिगत लोभवाट माथि उठेर समुदायको हितमा काम गर्ने सोच र व्यवहारको खाँचो देखिएको छ । के हामी आफूलाई सुधान तयार छौं, सक्छौं कि भाषणमा मात्रै सीमित गर्ने ? जो बुझेर पनि बदलिन बाँकी छौं बदलिन शुरु गर्ने हो भने सहकारी दिवसको सार्थकता अवश्य हुनेछ । (झापा सहकारी स्मारिका २०७८ बाट )
Leave a comment