यतिबेला सहकारी कसका लागि र किन भन्ने मुख्य प्रश्न हो । कुन वर्गका मानिसलाई सहकारी चाहिन्छ । धनी वर्गलाई वा गरीब वर्गलाई भन्ने विषयमा आ–आफ्नै मत छन् । इनोभेशन प्रविधि र लगानी :विगतमा सामन्तले दास भूदासलाई जमिन भाडामा दिन्थे र उनीहरुलाई (सामन्त) इनोभेसन र प्रविधिको प्रयोगमा रुचि थिएन । जसले गर्दा जीवन निर्वाह र गुजारामुखि कृषि थियो । खोज र प्रविधिले उत्पादन बढाउँदछ । अब नया उत्पादनशील प्रविधिमा लगानी नभई उत्पादन बढ्दैन।
बजार : जब उत्पादन बढ्छ, त्यसलाई बेच्न बजार चाहिन्छ । सामन्तलाई बेच्नु नै थिएन तसर्थ उनीहरुले बजारको आवश्यकता महसुस गरेनन् र गर्दैनथे।
सहरीकरण : जब भूदासले सामन्तसँग विद्रोह गरे । त्यससँगै उनीहरु गाउँबाट सहर पसे । जहाँ कामको सम्भावना बढी हुने गर्दथ्यो । नयाँ सम्भावनाको विकासबाट सहरीकरणबाट सम्भव भयो । सामन्ती व्यवस्थाको अन्त्यपछि जोताहा किसानको अधिकार बढ्यो र तिनीहरु आफना अधिकारका लागि स्वतन्त्र भए ।
त्यससँगै सरकारमाथि दवाव बढ्यो । प्रविधिमा लगानी बढाउन थाल्यो वा बढाइयो । त्यससँगै स्वतन्त्र श्रमिककी पनि उदय भयो । अन्तर्राष्ट्रिय सहकारी संगठनको उदय भयो । सहकारीले गरिबी घटाउन भूमिका खेल्यो। सहकारीबाट वस्तु तथा सेवा प्रदान सम्भव हुन थाल्यो ।
व्यापार र व्यवसायमा विचौलियाको अनावश्यक नाफा दिने कामलाई सहकारीले अन्त्य गर्ने प्रयास गर्यो । समाजका कमजोर सदस्यमाथिको शोषण रोक्ने प्रयास भयो । उत्पादक र उपभोक्ताको अधिकार संरक्षणका लागि प्रयास गर्यो ।
नेपालमा सहकारी
नेपालमा ३० हजार सहकारीमध्ये १३/१४ हजारको संख्यामा बचत तथा ऋण सहकारीहरू छन् । बहुउद्देश्यीय सहकारीको संख्या ४ हजार ५००, दुग्ध सहकारी एक हजार ७००, कृषि सहकारी १० हजार छन् । साना किसान सहकारीहरु ७७ जिल्लाका एक हजार १०० संस्था साना किसान विकास बैंकमा आवद्ध छन् । सहकारीमा कुल पुँजी एक वर्ष खर्व, निक्षेप ५ खर्व, १० लाख परिवार र ७३ लाख ७ हजार सदस्य सहकारीमा आबद्ध छन् ।
अब के गर्ने ?
अहिले ३ करोड कित्ता जमिन छ । अब जमिनको वर्गिकरण, चक्लाबन्दी गर्ने, खेतीयोग्य पूर्वाधार बनाउने, बिउ प्रयोगशाला परीक्षण, प्याकिङ, औजार, उपकरण वित्तीय सहयोग आवश्यक छ । भण्डारण र बजारको व्यवस्थामा सहकारीले काम गर्नसक्छ । यसमा लगानी उद्योग स्थापनालाई चाहिने जमिन र अन्य व्यवस्था सरकारले गर्नुपर्छ ।
अहिले विश्व औद्योगी क्रान्ति, मेसीन युग, कम्प्युटर इन्टरनेट युग हुँदै विस्तारै आर्टिफिसियल इन्टिलिजेन्स (एआई) युगमा प्रवेश गरेको छ । अघिल्ला क्रान्तिमा मान्छेका सहायक मेसिन रहेकोमा । पछिल्लो क्रान्तिले मेसिनले मान्छेलाई उछिन्ने आँकलन गरिएको छ । दोस्रो मेसिन युगको चुरो पूर्वाधार तत्व इन्टरनेट इकोनोमी हो ।
सन् २०२५ सम्म ८० अर्ब (२०१५ मा १५.४ अर्ब) उपकरण एकअर्कामा जोडिने अनुुमान छ । २०१२ सम्म कोही टेराबाइटबाट धेरै जेट्टाबाइट पुगेको एक जेट्टाबाइट बराबर एक हजार अर्थ गेगाबाइट) अमेरिकामा डाटा सेन्टरले कूल ऊर्जा खपतको २ प्रतिशत प्रयोग गर्छ जो अस्ट्रियाको कूल उपयोगभन्दा बढी हुन्छ ।
२०१७ सम्ममा इन्टरनेटमा जोडिएका उपकरण २० अर्ब फोन, कम्प्युटर, सेन्सर र अरु उपकरण छन् । २०२० सम्म अर्को १० अर्थ थपियो । २०१७ देखि २०२५ मा विश्वमा डाटा क्षेत्र वार्षिक ३० प्रतिशतले बढ्नेछ । २०१७ सम्म चीनमा मात्र १७ करोड क्यामेरा सडक, एयरपोर्ट सार्वजनिक स्थान, कार्यालयमा छन् । १८८ ट्रिलियन कारोबार गर्दछ ।
२००८ मा डिप लर्निङ मेसिन लर्निङको अल्गोरिज्मको विकास भविष्यबारे अनुमान गरेको छ । एआईले भाषाको अनुवाद, व्यक्तिको स्वर पहिचान, चालकरहित गाडीको सञ्चालन, रोबोटले मान्छेभन्दा पूर्ण रुपले काम गर्छ । एआईले २०३० सम्म विश्वको जिडिपीमा १६ ट्रिलियन थप्नेछ ।
नेपाली उत्पादनको विकासका लागि कृषि जोनिङ गर्ने र जमिनलाई गर्न कृषि जोनिङ औद्योगीकरणका लागि सरकारले लामो समयको लागि लिजमा जमिन उपलब्ध गराउने, हर्बल उद्योग, यार्सागुम्बा, रक्सी उद्योग, पर्यटन क्षेत्र हाइड्रोपावर तेल ग्यास हुन् । अब नयाँ उद्यमीहरुको विकास गर्नुपर्छ । यसका लागि युवाहरुमा सहकारीहरुले लगानी गर्नुपर्छ ।
चीनले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सिबिडिसि) को आरम्भ गरेको छ । ८० प्रतिशत केन्द्रीय बैंकले सिडिबिसि बारे अध्ययन सुरु गरेको भारतले यस वर्षको बजेटमा उच्च महत्व दिएको छ । नेपालले पनि अगाडि बढाउने भनेको छ ।
यसबाट फिनटेकमा तीव्र विकास हुदैन । स्मार्ट फोन आएपछि १० वर्षको अवधिमा बैंकहरू माथि ठुलो दबाब र त्रास सिर्जना गरेको छ । अनुसन्धानकर्ताहरुका अनुसार २०१७ सम्ममा ४७ प्रतिशत चिनियाले फिनटेक प्रयोग गर्छन् ।
अब विस्तारै मुद्राविहीन समाजतर्फ जाँदैछ । डलरको वर्चस्व छुट्नेछ । वित्त क्रान्ति हुनेछ । थ्रिडी प्रिन्टिङ, ग्राफिन ब्याट्री, अन्तरिक्ष प्रविधि, हरित ऊर्जा, न्यूरो प्रविधि, जैविक प्रविधि प्रयोग बढ्छ । एप २००८ बाट सुरु भर्चुअल गेमिङको सुरुआत, फाइभ जी २०२० बाट शुरु स्मार्ट समुदाय, यातायात, सहर बनाउन भूमिका खेल्ने अवस्था छ।
मोबाइल फोन, गाडीहरु र क्यामेरा र अन्य उपकरण एक आपसमा जोडिनेछन् । मानिसको निजी अनुभवको किनबेच भई नलेज इकोनमी बढ्छ । जमिन, तेल, सुन खानी लडाईबाट कब्जा गरे जस्तो ज्ञान कब्जा हुँदैन। अबको युद्ध पनि डिजिटल जेरिमायण्डरिङ हुनेछ ।
डाटा पुँजीवादले मानिसका धेरै पूर्वानुमानजन्य स्वभाव वा व्यवहारका डाटालाई स्वभाव वा व्यवहारजनक कुरालाई अतिरिक्त बचतको रुपमा प्रयोग गर्छ । त्यसपछि उसले तयार पारेका उत्पादनले स्वभाव वा व्यवहारको परिवर्तन गर्छ र त्यो यस्तो अस्त्र हो जो शासनको तागत भन्दा कम हुँदैन र त्यसद्वारा स्वभाव वा व्यवहारमा ती उत्पादन बेच्छ र ती बजारमा आफ्नो नियन्त्रण कायम गर्छ।
शिक्षामा लगानी, रुपान्तरण र यसलाई उत्पादनसँग जोड्ने काम सहकारीबाट गर्नुपर्छ । इन्क्युवेसन सेन्टरको व्यवस्था गर्दै कृषि, उद्योग, कृषिका पकेट क्षेत्र प्रशोधन उद्योग व्यवस्था गर्नुपर्छ । जमिनमा लिज, करार, सहकारी आदि जस्ता कानूनी व्यवस्था गर्न पर्ने ।
नेपाली उत्पादनको विकासका लागि कृषि जोनिङ गर्ने र जमिनलाई गर्न कृषि जोनिङ औद्योगीकरणका लागि सरकारले लामो समयको लागि लिजमा जमिन उपलब्ध गराउने, हर्बल उद्योग, यार्सागुम्बा, रक्सी उद्योग, पर्यटन क्षेत्र हाइड्रोपावर तेल ग्यास हुन् । अब नयाँ उद्यमीहरुको विकास गर्नुपर्छ । यसका लागि युवाहरुमा सहकारीहरुले लगानी गर्नुपर्छ । (झापा कोअपरेटिभ समिट—२०७८ मा पाण्डेले पेश गरेको कार्यपत्रमा आधारित )
Leave a comment