सहकारीको सेवा प्रविधिमैत्री बनाउनुपर्छ 

सहकारीको सेवा प्रविधिमैत्री बनाउनुपर्छ  :: Sahakari Akhabar

राष्ट्रिय सहकारी महासंघले ६५ औं सहकारी दिवसमा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारा अघि सारेको छ । यो भन्दा राम्रो नारा नआएकाले अघिल्लो वर्षको नारा दोहो¥याएका छौं । नाराको औचित्य पुष्टी हुन पूर्णरुपमा काम गर्नुपर्छ ।

अब संख्यात्मक नभई गुणात्मक विकासमा जोड दिनुपर्छ । त्यसैका लागि प्रविधिमा आधारित सेवा प्रवाहमा जोड दिएका छौं । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ यो नारा भन्दा अर्को राम्रो नारा आउन नसकेकाले गत वर्षको नारालाई निरन्तरा दिइएको हो । यसले अझ सहकारीलाई प्रविधिमा लैजान टेवा दिने छ ।

महासंघले हरेक वर्ष नारा तय गर्दै आएको छ । हरेक वर्ष तय हुने नाराको औचित्यता पुष्टी हुनेगरी काम गर्दै आएको छ । यस वर्षको नारा अझै सार्थक बनाउने महासंघले निर्णय गर्दैछ । नारा कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा चैत्र १९ गते अन्तरक्रिया कार्यक्रम हुँदैछ ।

यसै विषयमा कार्यपत्र प्रस्तुत हुँदैछ । नारा सार्थक हुने गरी बजेट, नीति तथा कार्यक्रम गर्ने योजनामा छौं । प्रारम्भीक सहकारीदेखि विभिन्न संघहरुले यसै लक्षित गरी कार्यक्रम ल्याउँछन् । यो वर्षभरी सहकारी मर्यादित होस्, व्यवसाय स्वच्छ होस्, सुशासनमा ल्याउन सकियोस् भन्ने महासंघको ध्येय हो ।

प्रविधिले मात्र सहकारीलाई अगाडि बढाउन सक्ने हाम्रो बुझाइ छ । प्रविधि प्रयोगमा राष्ट्रिय सहकारी बैंकले अझ बढी काम गर्ने छ ।  नारा सार्थक बनाउन सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्नुपर्छ । समाजवाद उन्मुख अर्थतन्त्रमा जान सहकारी आधार बन्न सक्छ ।

देशलाई अल्पविकसितबाट विकसित बन्न सहकारीले सघाउँछ । यस्ता नाराले पनि अर्थतन्त्रमा सहकारीलाई एउटा महत्वपूर्ण खम्बाका रुपमा स्थापित गर्न सघाउने छ ।



Leave a comment