सहकारी व्यवसायलाई मर्यादित र प्रविधिमैत्री बनाउन गाइडलाईन

सहकारी व्यवसायलाई मर्यादित र प्रविधिमैत्री बनाउन गाइडलाईन :: Sahakari Akhabar

६५ औं राष्ट्रिय सहकारी दिवसका लागि राष्ट्रिय सहकारी महासंघले ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारा तय गरेको छ । अघिल्लो वर्ष कोभिड महामारीका कारण यो थिममा धेरै काम गर्न नसकेकाले यस वर्ष पूरानै थिमलाई निरन्तरता दिएका हौं ।

कोभिड महामारीका कारण मानिसदेखी मानिस डराउने अवस्था आयो । हाम्रा काम गर्ने तरिकाहरुमा परिवर्तन भयो । कोभिडकै कारण हरेक क्षेत्रमा प्रविधिमा आधारित सेवा दिनुपर्छ भन्ने दवाव बढ्यो । सहकारीलाई पनि आफ्ना सेवाहरु प्रविधिमैत्री हुनुपर्छ भनेर सिकाएको छ ।

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने थिममा सहकारी अभियानलाई अघि बढाउन महासंघले अघिल्लो वर्ष नै मार्गदर्शन बनाईसकेको छ । तर, अघिल्लो वर्ष कोभिड महामारीका कारण कोभिडका कारण सार्वजनिक गर्न सकैनौं । यस वर्ष थप परिमार्जन गरेर आगामी बैशाखसम्म सार्वजनिक गछौं ।

सहकारी व्यवसाय मर्यादित कसरी बनाउने, सहकारीमा कसरी सुशासन ल्याउने, सहकारीमा प्रविधि कसरी भित्र्याउने जस्ता विषयहरुमा गाइडलाइनले बाटो देखाउनेछ । गाइडडालइनका आधारमा सदस्य संघ र संस्थाहरुले पनि कार्यक्रम बनाउने छन् ।

उनीहरुलाई रणनीति बनाउन, वार्षिक कार्यक्रम बनाउन गाइडलाइनले सघाउने छ । त्यस्तै वार्षिक कार्यक्रम, नीति, बजेट, व्यवसायिक योजना र रणनीति बनाउन पनिसहजता हुने छ । सहकारीमा सुशासन कायम गर्नुपर्ने अहिले मुख्य आवश्यक्ता हो ।

दिवसको अवसरमा तय गरिएको थिमबाट सहकारीलाई सुशासनमा जान, नीति विधिमा लैजादै सहकारीलाई मर्यादित व्यवसायमा रुपान्तरण गर्न अवश्य टेवा पुग्ने छ । अब सहकारीलाई प्रविधिमा आधारित सेवा संचालन नगरी सुखै छैन ।

सहकारीको सेवामा प्रविधि प्रयोग अपरिहार्य भइसकेको छ । नेपाल राष्ट्र बैंकले समेत सहकारीलाई प्रविधिमा आधारित सेवा प्रदान गर्ने विषयमा सहजिकरण गरिसकेको छ । त्यसलाई उपयोग गर्दै सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउन हामीले काम गर्नुपर्छ ।



Leave a comment